पोखरा, जेठ २- जेठमासको उखरमाउलो तातो। त्यसमाथि थामिनसक्नुको युवा भीड। पोखराको गर्मीलाई थप ततायो सांगीतिक प्रस्तुतिले।आइतबार आयोजित 'माछापुछ्रे म्यूजिकल एण्ड डान्स शो' नामक कार्यक्रममा पोखरामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरु संगै पोखरेली दर्शक छमछमि नाचे।
कार्यक्रममा गायिका ईन्दिरा जोशीले 'चौबन्दी चोली अनि रातो घाँघर' बोलको गीत गाउँदै दर्शकहरु उनीसँगै कम्मर मर्काई मर्काइ नाँचे। इन्दिराको गीत सुन्ने भन्दा बढी उनको बेली डान्समा नजर लगाउनेको संख्या धेरै थियो।
यस्तै मेरी बास्सैका धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) को असल नागरिक प्रशहसनले जति हसाँयो त्यो भन्दा बढी दर्शकलाई भावुक बनायो। संघियताको नाममा देशमा मच्चिरहेको बितण्डालाई विषयवस्तु बनाएर गरिएको प्रहसनबाट दर्शकहरु मोहित बने।
कार्यक्रममा गायक राजु परियारको दोहोरी गीतमा दर्शकहरु हौसिएर मञ्चमै गएर नाचेका थिए भने मनोजराज पन्तका गीतले उनीहरुलाई भावुक बनाएको थियो। त्यस्तै स्थानीय कलाकारको हिपहप, बिबोईङ लगायतका नृत्यले दर्शकले भरपुर मनोरञ्जन लिए। माछापुछ्रे नृत्य प्रशिक्षण केन्द्रका प्रशिक्षक सुवास राईले वर्षेनी यस्तै कार्यक्रम गर्दै आएको र निरन्तरता दिने बताए।
कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माईला, सँस्कृतिकर्मि डा.कुसुमाकर न्यौपाने, नायक ताराबहादुर गुरुङ लगायतले विभिन्न व्यक्तित्वलाई मायाको चिनो प्रदान गरेका थिए।
vie: nagriknews

No comments:
Post a Comment
Thanx for your comment