हावा र हुरीले गाउँ नै खरानी हुने खतरा-
मिथिलेश यादव, सिरहा, जेठ २- सिरहाको औरहीमा भीषण आगलागी भएको छ। आगलागीबाट करिव ५ सय घर जलिसकेको छ भने आगो फैलने क्रम जारी रहेको स्थानीय किशुन यादवले जानकारी दिए। सिरहामा अहिले तेज हावा र हुरी चलिरहेकाले आगो तीव्ररुपमा फैलिरहेको छ।स्थानीयहरु आगो नियन्त्रणको प्रयासमा जुटे पनि चर्को घामको राप अनि आगोको राप, त्यसमा हावा र हुरीले बाल्टिनबाट पानी छयाप्न असम्भव भएको यादवले बताए। छिटै वारुण यन्त्र नपुगे गाउँ नै खरानी हुने उनले बताए।
आगो नियन्त्रणका लागि लहानस्थित वारुण यन्त्रलाई खबर गरिसकेको भए पनि वारुण यन्त्र पुग्न करिव २ घण्टा लाग्छ। त्यतिवेरसम्म गाउँ नै खरानीमा परिणत हुने उनले भक्कानिँदै भने।
आगलागी कसको घरबाट कसरी सुरु भयो भन्ने खुल्न सकेको छैन्।
vie: nagriknews
No comments:
Post a Comment
Thanx for your comment