Tuesday, May 15, 2012

फिल्म 'पा' की बालकलाकारको जोमसोम विमान दुर्घटनामा मृ्त्यु


२ जेठ, एजेन्सी । फिल्म 'पा'मा अमिताव बच्चनसँगै अभिनय गरेकी बालकलाकार तरुणी सचदेवको हिजो नेपालमा भएको विमान दुर्घटना परी मृ्त्यु भएको छ । रसना गर्लका चर्चित उनी आफ्ना आमा गीता सचदेवसँगै जोमसोम घुम्नका लागि आएकी थिइन् ।
घटनामा उनीसँगै उनकी आमाको पनि मृ्त्यु भएको छ । पा बाहेक उनले दुई मलायलम फिल्ममा काम गरिसकेकी थिइन्। साहरुख खानले चलाएको रियालिटी सो क्या आफ पाँचवी पाससे तेज हैमा पनि सहभागिता जनाएकी थिइन। उनले ५० भन्दा बढी विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
आफूसँग काम गरेकी तरूणीको मृत्युप्रति अमिताव बच्चनले दुख प्रकट गरेका छन् भने अभिषेक बच्चनले पनि को-स्टार्सको निधनलाई अप्रत्यासित र विश्वास नै नहुने खालको भनेका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी