Wednesday, May 16, 2012

लुम्बिनी प्रदेशको माग गर्दै रिले अनसन सुरु


 बुटवल । लुम्बिनी प्रदेशको माग गर्दै लुम्बिनी प्रदेशका लागि नागरिक अभियानले मंगलवारवाट रिले अनसन सुरु गरेको छ ।    अभियानले बिहान शान्ति र्‍यालीसहित बुटवलको मिडिया चोकमा रिले अनसन सुरु गरेको हो । रिले अनसन बिहान ६ बजेेदेखि साँझ ६ बजेसम्म जारी रहने अभियानका संयोजक डिआर घिमिरेले जानकारी दिनुभयो ।
अनसनमा बुटवलका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र राजनीतिक दलका प्रमुखहरुले लुम्बिनी प्रदेशका लागि आफूहरुको पूर्ण समर्थन जनाएका थिए । अनसनपूर्व बिहान ६ बजे निकालिएको शान्ति र्‍यालीमा यस क्षेत्रका विभिन्न 
सङ्घसंस्थाका प्रतिनिधिहरु ब्यानरसहित र्‍यालीमा सहभागी भएका थिए 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी