कीर्तिपुर । काठमाडौँ पश्चिमभेगस्थित दहचोकमा रहेका इँटाभट्टा हटाउन माग गर्दै शनिबार स्थानीयवासीले चार घन्टा सडक अवरुद्ध गरेका छन् ।
इँटाभट्टाका कारण दहचोक क्षेत्रको वातावरण प्रदूषित बनिरहेको र यहॉका स्थानीयवासीको स्वास्थ्य दिनप्रतिदिन खराव बन्दै गएको भन्दै इँटाभट्टा हटाउने मागसहित स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन् ।
वातावरण जोगाउन, इँटाभट्टा हटाउन, स्वच्छ हावा स्वच्छ ज्यान, इँटाभट्टा हटाउने हाम्रो अभियानलगायतका नारा लगाउ‘दै स्थानीयवासीले इँटाभट्टा तत्काल हटाउन आग्रह गरेका थिए ।
इँटाभट्टाका कारण दहचोक क्षेत्रका सर्वसाधारणको स्वास्थ्य अवस्थाका साथै यहॉको समग्र वातावरण धमिलिएका कारण सामूहिकरूपमा विरोध गरिएको दहचोक क्षेत्र पर्यटन विकास समितिका सदस्य एवम् दहचोक युनाइटेड क्लबका अध्यक्ष रोशन दानीले बताउनुभयो । दहचोक क्षेत्रमा रहेका इँटाभट्टाले यहॉको पर्यटकीय सम्भाव्यतासमेतलाई ओझेलमा पारिरहेको उहॉले बताउनुभयो ।
इँटाभट्टाको समस्या दीर्घकालीनरूपमा समाधान गर्न यस क्षेत्रबाट इँटाभट्टलाई हटाउनु अपरिहार्य भएको बताउ‘दै नेपाल रेडक्रस सोसाइटी दहचोक सहयोग समितिका उपसंयोजक शिवराम गिरीले इँटाभट्टा हटाउने मागसहितको सर्वसाधारणको हस्ताक्षर दहचोक गाविसको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा बुझाइसकिएको बताउनुभयो ।
No comments:
Post a Comment
Thanx for your comment