Saturday, May 19, 2012

बजेट उपलब्ध नहुँदा खाद्यान्नमा कमी


काठमाडौं । नियमित बजेट उपलब्ध नहुँदा नेपाल खाद्य संस्थानले दुर्गम जिल्लामा खाद्यान्न उपलब्ध गराउन सकेको छैन । बजेटकै कारण हुम्ला, मुगु, बाजुरा, कालिकोट र जुम्लालगायतका जिल्लामा खाद्यान्न कमी भएको छ ।
नेपाल खाद्य संस्थानका महाप्रबन्धक हरिनारायण शाहले हुम्ला जिल्लामा आवश्यकताअनुसार खाद्यान्न पु¥याउन कठिनाइ भएको र त्यसका लागि चीनको बाटो हुँदै प्रयास भइरहेको बताउनुभयो । उहाँले चीनबाट खाद्यान्न पठाउँदा बढी समय लाग्ने बताउँदै त्यस क्षेत्रमा हिउँ परेकाले समस्या भइरहेको जानकारी दिनुभयो ।
सरकारले संस्थानलाई नियमित उपलब्ध गराउँदै आएको रु ४८ करोडबाट घटाएर रु ३७ करोडमा झारेका कारण केही जिल्लामा तोकिएको कोटाअनुसार खाद्यान्न पु¥याउन नसकिएको उहाँको भनाइ थियो ।
अपुग रु ११ करोड बजेट अन्य स्रोतबाट जुटाउनका लागि पहल भएपनि प्रक्रियागत एवम् अन्य कारणले पूरा गर्न नसकिएको अवस्था रहेको उल्लेख गर्दै उहाँले सरकारले अपुग बजेट उपलब्ध गराए वर्षा सुरू हुनुअगावै ती जिल्लामा खाद्यान्न पुग्ने स्पष्ट पार्नुभयो ।
बन्द हड्ताललाई ध्यानमा राखेर जेठ महिनामा सबै जिल्लामा खाद्यान्न उपलब्ध गराउन सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार खाद्य संस्थाले सबै जिल्लाका डिपोहरुमा खाद्यान्न भन्डारण गरेको थियो ।
संस्थानले मुगु जिल्लामा आर्थिक वर्ष ०६८÷०६९ मा १५ हजार ५५० क्विन्टल चामल स्वीकृत गरेको भएपनि १३ हजार ३५० क्विन्टलका लागि मात्र अनुदान निकासी गरेको बताइएको छ
खाद्य संस्थानले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको वैशाख २२ गतेसम्म कोटा छुट्याइएका २३ जिल्लामध्ये बैतडी र दार्चुलामा स्वीकृत परिमाणको खाद्यान्न बिक्री गरिसकेको छ भने हुम्लामा २२ क्विटलमात्र बाँकी रहेको छ ।
त्यस्तै मुस्ताङमा ३१ क्विटल वितरण गर्न बाँकी छ भने जुम्ला, अछाम, गोरखालगायतका जिल्लामा न्यून परिमाणमा खाद्यान्न मौज्दात रहेको छ ।
कोटा छुट्याइएको २३ जिल्लाबाहेकका जिल्लामा खुल्ला बजारअनुसार नै दाल, चामललगायतका खाद्यान्न सामग्री पुग्ने गरेको छ भने नुन र पेट्रोलियम पदार्थमा मात्र सरकारको नियन्त्रण रहेको छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी