बुटवल । बन्द हडतालबाट सामाजिक सद्भावमा असर नपरोस् भन्दै रूपन्देहीका सहरी तथा ग्रामीण क्षेत्रमा सद्भाव ¥याली निकालिएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा शनिबार बिहान बुटवलमा सद्भाव ¥याली निकालिएको छ ।
जेठ १४ लाई मध्यनजर गर्दै विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संस्था र जातीय संस्थाहरुले आफ्नो माग पूरा गराउने नाममा आयोजना गरेको बन्दले समाजमा सामाजिक सद्भाव बिग्रने भन्दै बुटवल उद्योग वाणिज्य सङ्घको पहलमा सद्भाव ¥याली निकालिएको हो ।
¥यालीमा विभिन्न सामाजिक, धार्मिक सङ्घसंस्था, उद्योगी व्यवसायीहरु, बुद्धिजीवी, साहित्यकार कर्मचारीलगायत सर्वसाधारणको सहभागिता रहेको थियो । सद्भाव ¥यालीमा सहभागीले सामाजिक सद्भाव बिथोलिने खालका गतिविधि नगर्न र मुलुकलाई असर पर्ने गरी बन्द, हड्ताल नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका थिए ।
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिल श्रेष्ठले आपसी सद्भाव नबिग्रियोस् भनेर ¥यालीको आयोजना गरिएको बताउनुभयो । संविधान आउनु अगाडि र पछाडि दुवै समय आन्दोलनका कार्यक्रम रहेकाले सर्वसाधारणलाई मर्का नपर्ने र आपसमा सद्भाव नबिग्रने गरी आन्दोलन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
यस्तै जिल्लाको ग्रामीण क्षेत्र कोटीहवामा पनि शनिबारै सद्भाव ¥याली निकालिएको छ । मधवलिया, टिकुलीगढ, गङ्गोलिया गाविसलगायत विभिन्न सङ्घसंस्थाहरुको पहलमा सद्भाव ¥याली निकालिएको हो । सद्भाव ¥यालीमा मधवलिया, टिकुलीगढ र गङ्गोलिया गाविसका विभिन्न सङ्घसंस्था तथा सहकारी संस्थाहरुको उपस्थिति रहेको थियो ।
¥यालीपश्चात् आयोजित सभामा मधवलिया गाविसका गाविस सचिव ईश्वरी ज्ञवाली, टिकुलीगढ गाविस सचिव विनोद ज्ञवाली, गङ्गोलिया गाविस सचिव केशवराज भट्टराईलगायतले सदियौँदेखि कायम रहेको आपसी भाइचारा तथा आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
No comments:
Post a Comment
Thanx for your comment