Saturday, May 19, 2012

‘अस्तित्व स्वीकार नगर्दा बन्दको शृङ्खला’


काठमाडौं । अखण्ड पक्षधर र जातीय पहिचान पक्षधरले एकअर्काको अस्तित्वलाई स्वीकार नगरेका कारण नेपालमा अहिले बन्दको शृङ्खला बढ्दै गएको धारणा एक कार्यक्रमका सहभागी वक्ताहरुले व्यक्त गरेका छन् ।
पीएभी मिडिया नामक संस्थाले आयोजना गरेको सो कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव डिके ढुङ्गानाले एकदिनको बन्दमा ९० लाख बालबालिका शिक्षा लिनबाट वञ्चित हुने जानकारी दिनुभयो ।
वरिष्ठ गायिका कोमल वलीले मानवीय संवेदनाका कारण मुलुकमा बन्दको शृङ्खला बढ्दै गएको चर्चा गर्दै एक पक्षले अर्को पक्षको अस्तित्व स्वीकार्ने संस्कृति बनेमा बन्दको शृङ्खला स्वतः अन्त्य हुने बताउनुभयो ।
अर्की वरिष्ठ गायिका राधिका हमालले सङ्घीयता भनेको देशलाई टुक्राटुक्रा पार्ने नभई सबै राज्यलाई एकसूत्रमा बाँध्ने वैज्ञानिक व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्याभ मिडियाका कमला न्यौपाने, प्याब्सन काठमाडौँका अध्यक्ष गोपाल आचार्य, युनिभर्सल टाइम्सका सम्पादक गोपाल बराइली, मानवअधिकारवादी नेता सुबोध प्याकुरेललगायतका वक्ताले संविधान निर्माणको अन्तिम चरणमा रहेको बेला सङ्घीयतालाई उल्ट्याउन नसक्ने भएकाले वास्तविकतालाई बुझेर सबै एकबद्ध हुनुपर्ने औँल्याउनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी