काठमाडौं । युवा फेसबुक सञ्जालले भौगोलिक र सामथ्र्यताका आधारमा वैज्ञानिक ढङ्गबाट सङ्घीयता कायम गरिनुपर्ने माग गर्दै शनिबार ¥याली निकालेको छ ।
काठमाडौँको बसन्तपुरबाट निकालिएको सो ¥याली नयाँ सडक, रत्नपार्क, भद्रकाली, सहिदगेट हुँदै पुनः बसन्तपुरमा पुगेर समापन भएको थियो । ¥यालीमा सहभागीहरुले विविधता नै एकता, जातीय सङ्घीयता चाहिँदैन, हिमाल, पहाड, तराई कोही छैन पराई सन्देश लेखिएको प्लेकार्ड बोकेका थिए ।
सञ्जालका संयोजक सुदीप रायमाझीले विभिन्न जाति, समुदायको साझा थलोको रूपमा रहेको नेपाललाई बाह्य शक्तिराष्ट्रले जातीय विभाजनका आधारमा विखण्डन गर्ने षडयन्त्र गरिरहेको अहिलेको अवस्थामा सम्पूर्ण नेपालीलाई सुसूचित गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको बताउनुभयो ।
सो सञ्जालले फेसबुकबाट पनि विभिन्न स्थानमा रहेका नेपालीलाई राष्ट्र विखण्डनका विरुद्ध एकताबद्ध गर्ने अभियान सुरू गरेको बताएको छ ।
No comments:
Post a Comment
Thanx for your comment