Thursday, May 17, 2012

विद्यालय बन्द नगर्न आह्वान

काठमाडौं । मुलुकमा अहिले विभिन्न प्रकारका बन्द र हडतालले विद्यालयहरु बन्द भइरहेको अवस्थामा सरोेकारवाला सङ्घसंस्थाले विद्यालय बन्द नगर्न आह्वान गरेको छ । शिक्षा पत्रकार समूहद्वारा आयोजित अन्तक्र्रियामा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, नेपाल मानवअधिकार सङ्गठन, नेपाल शिक्षक युनियन, शिक्षा पत्रकार समूह, शिक्षा विभाग र नेपाल राष्ट्रिय अभिभावक सङ्घलगायतका करिब दुई दर्जन सङ्घसंस्थाले दिनहुँको बन्दले बालबालिकाले पढ्न पाउने नैसर्गिक अधिकारमा असर पारेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । कुनै पनि बन्दकर्ताले शिक्षण संस्था बन्द नगर्ने लिखित प्रतिबद्धता सार्वजनिक गर्न र विद्यालयको सुरक्षाको भरपर्दो व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सरोकारवाला सङ्घसंस्थाहरु र नागरिक समाज विद्यालय बन्दको विपक्षमा उभिएर अन्तक्र्रियाका माध्यमबाट अगाडि बढ्न सकेको खण्डमा विद्यालय बन्द र बिदालाई रोक्न सकिने धारणा राख्नुभयो । नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशी र नेपाल सामुदायिक विद्यालय शिक्षक युनियनका अध्यक्ष डिल्लीराम सिग्देलले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैमा नरहेको बताउनुभयो । सरकारले २०६८ जेठ ११ गते ‘विद्यालय शान्ति क्षेत्र’ घोषणा गरी कार्यान्वयन निर्देशिकासमेत जारी गरिसकेको छ, तर राजनीतिक उतारचढावका कारण हुने बन्दको मारमा विद्यालयहरु परेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी