Thursday, May 17, 2012

एन प्याब्सनद्वारा छुट्टै शिक्षा मन्त्रालयको माग

काठमाडौं । राष्ट्रिय निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले निजीस्तरका विद्यालयहरुको हकहित र सुरक्षाका लागि छुट्टै शिक्षा मन्त्रालयको माग गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन प्याब्सनका संस्थापक अध्यक्ष वसन्तबहादुर श्रेष्ठले प्रधानमन्त्रीलाई निजी आवासीय विद्यालय एसोसिएसनका तर्फबाट २१ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । आफ्ना मागहरु पूरा नभए शान्तिपूर्ण आन्दोलनमा उत्रने चेतावनी पनि उहाँले दिनुभयो । हाल देशभर खुलेका नौ हजारभन्दा बढी निजी विद्यालयमा करिब २० लाख विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । निजी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने, नयाँ विद्यालय खोल्न निजी विद्यालय र कलेज शिक्षा परिषद् गठन गरी स्वीकृत लिनुपर्ने, ८५ प्रतिशतभन्दा माथिको परिणाम दिने निजी विद्यालयलाई उत्कृष्ट विद्यालयमा गणना गरी तालिम, विदेश भ्रमणको सरकारी विद्यालय सरहको अवसर दिनुपर्ने लगायतका २१ वटा माग रहेको एन प्याब्सनले जनाएको छ । रासस

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी