Thursday, May 17, 2012

लागूऔषध कारोबारमा संलग्न प्रहरी पक्राउ

काठमाडौं । प्रहरीले तीनजना बहालवाला प्रहरीलाई लागूऔषधको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले प्रहरी हबल्दार धनराज विश्वकर्मा तथा प्रहरी जवानद्वय रमेशबहादुर बुढा र सोमबहादुर तामाङलाई लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन इकाइबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बिहीबार जनाएको छ । गत वैशाख २७ गते पाँचथरको फिदिम–१ घर भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज दरबन्दीमा रहेका प्रहरी हबल्दार धनराज विकलाई लागूऔषध खैरो हेरोइन ६५ ग्रामसहित पक्राउ गरेको थियो । पक्राउ परेका विकको जाहेरीपछि सुर्खेतको पाम्का–५ टोड्का घर भएका जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान रमेशबहादुर बुढालाई सोही कार्यालयबाट र गोरखाको गाईखुर–६ घर भई महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज दरबन्दी रहेका प्रहरी जवान सोमबहादुर तामाङलाई सोही कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जेठ १ गतेदेखि प्रतिवादी धनराज विकको म्यादमा मिलान हुनेगरी काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई निजहरुउपर सो इकाइबाट थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी