Thursday, May 17, 2012

वनमा भीषण आगलागी

रोल्पा । रोल्पाको कोर्चवाङ र कोटगाउँ गाविसका सामुदायिक वनमा भीषण आगलागी भइरहेको छ । दुई गाविसका तीन सामुदायिक वनहरुमा लागेको आगो नियन्त्रण बाहिर रहेको स्थानीयले बताएका छन् । सामुदायिक वनमा लागेको आगो गाउँमा फैलिएपछि कोटगाउँ–५ दाङबासा निवासी सीताराम विक र दुर्गे सार्कीको घर जलेर नष्ट भएको स्थानीय दलकुमारी घर्तीले जानकारी दिनुभयो । कोर्चवाङ–४ मा पर्ने ताजरी सामुदायिक वनमा, कोर्चवाङ–३ घापाको रिमुल हरियाली सामुदायिक वन, कोटगाउँ बिघाको सामुदायिक वन, हाङकर गैरा, सितगैरा, दाङवासालगायतका स्थानमा आगो सल्केको छ । कोर्चवाङ–३ रुइनिवाङस्थित रिमुल हरियाली सामुदायिक वनबाट सुरु भएको आगो गाउँ फैलने सम्भावना रहेको छ । आगो कोर्चवाङ र कोटगाउँका स्थानीवासीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी