काठमाडौं । नेपाल सोतोकान कराँते सङ्घ (जेएसके) ले जेठ १६ गतेदेखि २१ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा छैटौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता एवम् प्राविधिक रेफ्री गोष्ठीको आयोजना गर्ने भएको छ ।
बिहीबार आयोजित पत्रकारसम्मेलनमा सोतोकान कराँते सङ्घका महासचिव तथा प्रमुख प्रशिक्षक श्याम शेर्पाले दिनुभएको जानकारीअनुसार प्रतियोगितामा नेपाल, जापान, घाना, युएई (दुवई), भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानका खेलाडीको सहभागिता रहनेछ ।
शेर्पाका अनुसार प्रतियोगितामा नेपालका १०० महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ भने अन्य राष्ट्रका ९०० महिला तथा पुरुष खेलाडी सहभागी हुनेछन ।
प्रतियोगिताले खेल पर्यटनलाई बढावा दिनुका साथै नेपाली खेलाडीहरुको स्तरवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने महासचिव शेर्पाले विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा सोतोकान स्टाइल (उमेर समूहमा) १६ स्पार्धा हुनेछ भने ओको स्टाइल (तौल समूहमा) २९ स्पर्धामा खेल सञ्चालन हुने जनाइएको छ । यस प्रतियोगिताले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने सङ्घले प्रतिबद्धता जनाएको छ ।
No comments:
Post a Comment
Thanx for your comment