Thursday, May 17, 2012

जन्ती बस पल्टँदा एकको मृत्यु

भद्रपुर । भारतबाट बेहुली लिएर आइरहेको बस बिहीबार दिउँसो झापामा पल्ँिटदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । भारतको किसनगञ्जबाट बेहुली लिई दमकतर्फ आइरहेको मे. १ ख ९१७ नम्बरको बस गौंरादह–५मा पल्टिँदा भारतीय नागरिक गणेश माझीको मृत्यु भएको प्रहरी चौकी गौंरादहले जनाएको छ । दुर्घटनामा बेहुला र बेहुली सकुशल रहेका छन् । दुर्घटनामा घाइते भएकामध्ये गम्भीर अवस्थाका ११ जनालाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने सामान्य घाइते भएकाहरुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेहरुमा ठेगाना नखुलेका महेन्द्र गिरी, सत्येन्द्र गिरी, कैलु माझी, कुमार राई, नरेन्द्र गिरी, चौधरीलाल गिरी, गङ्गा माझी, ताराचन्द गिरी, कृपानन्द गिरीलगायतका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी