Thursday, May 31, 2012

पर्ने भए सबिनसँग ७ वर्ष अघि नै लभ पर्थ्योः बिनिता


नायिका बिनिता बराल र नायक सबिन श्रेष्ठको जोडी अहिले चलचित्र फूलस्टपमा ब्यस्त रहेको छ । बिहीबारबाट यो सिनेमाको छायांकन समाप्त हुँदैछ । चलचित्रको छायांकन भैरहँदा बिनिता र सबिनबीच प्रेमको कोपिला पलाएको खबर सिनेमाको युनिटमा नै गाईंगुईं चलिरहेको छ ।
निकै नजिक भएर कुराकानी गर्ने भएकाले पनि हुनसक्छ बिनिता र सबिनबीच प्रेमको चक्कर चलेको खबर बाहिर आएको छ । मंगलवार मात्र एक गीतको आईटम छायांकन गरेर फुर्सदमा रहेकी बिनिता भने यो कुरा स्वीकार्न तयार छैनन् ।
उनले भनिन् -’शायद हाम्रो मित्रतालाई धेरै नै बुझेर हुनसक्छ, युनिट भित्रबाट यो कुरा बाहिर आएको । तर सबिन र म साथी मात्र हो । सबिनसँग मेरो लभ नै पर्नुथियो भने ७ वर्ष अघि नै परिसक्थ्यो ।’
सबिन र बिनिता ७ वर्ष अघि देखि नै यो क्षेत्रमा संघर्ष गर्दै आएका छन् । ‘मैले उसलाई मन पराउने भएको भए त्यति नै बेला मन पराउँथे’ बिनिताले भनिन् -’आज आएर किन ?’ उनले आफूहरुबीच त्यस्तो कुनै सम्वन्ध नरहेको बताईन् ।
कमलकृष्णको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन नगरकोट, काठमाडौ, मनकामना मन्दिर लगायतका स्थानमा गरिएको छ । चलचित्र फूलस्टपका निर्माताले यसभन्दा अघि वषर्ात नामक सिनेमा बनाईसकेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी