Wednesday, August 29, 2012

अनलाइनमा गैँडाकोटको चर्चा, हाम्रो चरित्र हत्या गर्न खोजियोः सरस्वती

विधुर ढकाल
गैँडाकोट । केही दिन देखि नवलपरासीको गैँडाकोट अनलाइनमा नेपालबाट निकै खोजिएको शव्द बनेको छ । अनलाइनमा भिडियो अपलोड गर्ने माध्ययमाको रुपमा रहेको युट्यूवमा गैँडाकोट किस नाममा अपलोड गरिएको स्थानीय युवाहरुको अश्लिल भिडियोका कारण चर्चा पाएको हो ।
स्थानीय सरस्वती निकेतन स्कुलमा पढ्ने विद्यार्थीहरुको भिडियो भनेर अपलोड गरिएको भिडियोलाई करिव चालिस हजारले हेरेको बताइएको छ । उक्त भिडियोमा देखिएका युवकहरु सरस्वती निकेतन वोड्ङि स्कुलसँग संवन्धित नभएको भन्दै विद्यालयले आफ्नो प्रतिष्ठामाथि प्रहार गर्न खोजेको आरोप लगाएको छ । विद्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त आरोप लगाएको हो ।
विद्यालयका प्राचार्य भरतबाबु कँडेलले विद्यालयसँग सम्वन्धित नभएको भिडियोलाई विद्यालयको नाम जोडेर प्रकाशित गरिनु आपत्ति जनक भएको बताउनुभयो । उहाँले भिडियोमा देखिएका दुई जना किशोरीहरुलाई विद्यालयले गत वर्ष नै खराव आचरणका कारण निस्कासन गरेको जानकारी दिनुभयो । ‘भिडियोमा देखिएका दर्शना गुरुङ्, कविता गोतामेलाई हामीले गत वर्ष नै निस्कासन गरेका हौँ’, उहाँले भन्नुभयो, ‘अर्का दूई जना किस्मत गुरुङ र अजित भुजेल पनि गत वर्ष नै विद्यालयबाट प्रवेशीका दिएर निस्किएका हुन् ।’ आफ्नो विद्यालयबाट निस्किएका विद्यार्थीहरु कहाँ के गरिरहेका छन् त्यसको जिम्मेवारी आँफूले लिन नसक्ने उहाँको भनाई थियो ।
भिडियोमा देअिएका अन्य किशोर किशोरीहरु गैँडाकोटका अन्य विद्यालयमा अहिले पनि हाजिर गरेर पढिरहेको उहाँको दावि छ । ‘हाम्रो मात्र नाम किन आयो यसमा संका छ’, कँडेलले प्रश्न गर्नुभयो, ‘जुन विद्यालयमा अहिले पनि तिनीहरु पढिरहेका छन् ति विद्यालयको नाम किन आएन ?’ आँफूमाथि अन्याय भएको भन्दै विद्यालयले साइवर क्राईम अन्तर्गत मुद्दा हाल्ने जनाएको छ । भिडियोमा देखिएका दुर्गा, टेकवहादुर रोजीना र रञ्जना कुमाल तथा खिच्ने अभिनास विरुद्ध पनि उजुरी हाल्ने प्राचार्य कँडेलले बताउनुभयो । कुमाललाई प्रहरी त्यस्तै प्रकृतीको अपराधमा पटक पटक प्रक्राउ गरेर छाडेको समेत उहाँको दावि छ ।
नेपालकै वदनाम हुने गरेर यसरी अनलाइनको माध्ययमा भिडियो अपलोड हुन दुर्भाग्य  हो । करिव दुई महिना अगाडि ‘खोलामा किस खाँदै’ भन्ने शीर्षकमा अपलोड गरिएको भिडियोलाई युट्यूवले बुधबार मात्र हटाएको छ । जसलाई करिव चालिस हजार भन्दा वढिले हेरेका थिए ।
सोही भिडियोलाई बुधवार नै सपना अग्रवाल नामको प्रयोगकर्ताले किस कम्पिटिसन इन गँैडाकोट नेपाल शीर्षकमा अपलोड गरिएको छ जसलाई यो समाचार तयार पार्दासम्म करिव पाँच हजार भन्दा बढिले हेरिसकेका छन् । विभिन्न नाममा अपलोड गरिएका उक्त भिडियो हरु युट्यूवले हटाउँदै गर्दा पुन सोही भिडियो अर्काे नाममा अपलोड हुँदै गएको छ ।
यस विषयमा केही दिन पहिले निवेदन परेको र कारवाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । ‘केही समय अगाडि पिडितका अभिभावकले आएर उजुरी हाले पछि भिडियो डिलिट गर्ने काम भएको छ’, कार्यालयका प्रमुख डिल्लिनारायण पाण्डेले भन्नुभयो । सरस्वती निकेतनको तर्फबाट कुनै पनि उजुरी नपरेको समेत उहाँले जानकारी दिनुभयो । उजुरी परे कारवाही अगाडि बढाउने उहाँको भनाई छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी