२०६९ जेठ ५
भरतपुर । माओवादी लडाकूको शिविरभित्र आर्थिक हिनामिना भएको खबर बाहिर आइरहेका बेला शिविरभित्रको आर्थिक पारदर्शिता खोज्ने एक पूर्वलडाकूलाई शिविरभित्र बोलाई कमाण्डरसहितको लडाकूको समूहले कुटपिट गरेको आरोप छ ।
अवकाश रोज्नुपूर्व शिविरभित्र भएको आर्थिक अनियमितताको बारेमा प्रश्न गर्दै हिसाबकिताब खोजेकै कारण शक्तिखोरस्थित शिविरमा बोलाइ कमाण्डर गोविन्दबहादुर बाटाला ‘जीवित’ सहितको समूहले कुटपिट गरेको शुक्रबार भरतपुरमा पत्रकारहरुमाझ पूर्वकम्पनी सहकमाण्डर सूर्यबहादुर अधिकारी ‘सुदिप’ले आरोप लगाउनुभयो ।
‘शिविरमा भएको हिसाबकिताबको बारेमा हामीले पहिलेदेखि नै आवाज उठाइरहेका थियौं, त्यसैलाई कारण बनाइ मलाई पटकपटक फोनमा धम्की आउँथ्यो, हिजो फोन गरेर हिसाबकिताब बुझाउन आइज भने, म गएपछि कुटपिट गरियो’ उहाँले भन्नुभयो ।
सेना समायोजनअन्तर्गत दोस्रो पटकको प्रक्रियामा स्वैच्छिक अवकाश रोजेका सहकमाण्डर सुदीप वैशाख ४ गते शिविरबाट बाहिरिनुभएको थियो । शिविरमा रहँदा प्रताप स्मृति ब्रिगेडको १० नम्बर बटालियनमा उहाँले आर्थिक हिसाबकिताब हेर्ने गर्नुभएको थियो । आर्थिक हिनामिना गरेको भन्दै कुटिएको उहाँको भनाइ छ ।
‘मैले अवकाश रोज्नुपूर्व बिदामा रहेका पूर्वलडाकू नारायणप्रसाद बराल ‘उद्गम’को फागुन र चैतको भत्ता लिएको थिएँ, निस्कने बेलामा कम्पनी कमाण्डर रमेश मोक्तान ‘अनुप’लाई बुझाएर निस्किएको हुँ’, सुदीपले भन्नुभयो । बाहिरिनुअगाडि सबैसँग हिसाबकिताब बाँकी छ कि छैन भनेर सोध्दा सबैले छैनसमेत भनेको उहाँको भनाइ छ ।
अहिले ‘अनुपले पैसा लिएको होइन भन्’ भन्दै बाटालाको कोठामा लगेर बाटाला, अनुप र निराजन मिलेर पिटेको उहाँले बताउनुभयो । ‘कोठामा लगेर दिएकै छैन भन् भनेर दबाब दिए, मैले स्वीकारिनँ, त्यसपछि मलाई मिलेर कुटे’, पूर्वकम्पनी सहकमाण्डर सुदीपले भन्नुभयो ।
आफूले पुरानो हिसाबकिताब खोजेकाले उनीहरुले हिसाबकिताब खोज्ने भन्दै कुटेको उहाँले बताउनुभयो । सुदीपले भन्नुभयो, ‘मलाई ११ गतेभित्र १९ हजार ८३० रुपैयाँ नबुझाए अपहरणसमेत गर्ने धम्की दिएका छन् ।’
सेतो कागजमा हस्ताक्षर गराइ छाडेको समेत उहाँले बताउनुभयो । ‘म रुँदै थिएँ, उनीहरुले सेतो कागजमा केके लेखे अनि सही गर्न लगाएर छाडे’, सुदीपले बताउनुभयो । खाली कागजमा के लेखिएको थियो भनेर हेर्नसमेत नदिएको अर्का पूर्वलडाकू असिमले बताउनुभयो । ‘म सुीदपलाई भित्र पठाएर बाहिर नै बसेको थिएँ, पछि भित्र जाँदा कागजमा सही गराइसकेका रहेछन्’, उहाँले भन्नुभयो ।
आफूले जीवित दाइ कागज हेरौं, के लेख्नुभएको छ भनेर माग्दा ‘किन हेर्नु प¥यो’ भनेर धम्काएको उहाँको भनाइ थियो । अवकाश रोजेपछि वैद्य पक्षसँग जोडिएको भन्दै कुटपिटसमेत गरेको सुदीपको भनाइ छ ।
‘मलाई के गर्दै हुनुहुन्छ भनेर सोधे, मैले पार्टीमा जोडिएको छु भनँे, उनीहरुले कुन लाइनमा जोडिनुभएको छ भनेका थिए’, उहाँले भन्नुभयो, आफूले क्रान्तिकारी विचार नबद्लिएको भनेपछि ‘वैद्यतिर गइएछ’ भनेर उनीहरुले भनेको उहाँले बताउनुभयो ।
अवकाश रोजेपछि खैरहनी—४ पर्सामा परिवारसहित बसिरहेका उहाँले आफू असुरक्षित भएकोले पत्रकारहरुलाई गुहारेको बताउनुभयो । शिविरमा भएको घटनापछि उहाँ भरतपुरस्थित माओवादीको पार्टी कार्यालयमा अर्का पूर्वलडाकू असिमसहित आउनुभएको थियो ।
गोरखा हंशपुरका सुदीपले २०५७ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ताको रुपमा काम गर्न थाल्नुभएको थियो । पछि २०५८ सालमा माओवादी जनसेनामा काम गरेको बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment