लिवाङ (रोल्पा) । लगातारको खडेरीका कारण रोल्पाको कुरेलीमा पानीको मुहान सुक्न थालेपछि स्थानीयले खानेपानीकै लागि निकै समय खर्चिनु परेको छ । गाउँदेखि नजिकैको साउनेपानी र बाहुन पानीको मुहान सुक्न थालेपछि स्थानीयहरु घन्टौँ हिँडेर पानीको प्रयोग गर्न बाध्य भएका हुन् ।
गाउँमा खानेपानीको उचित व्यवस्था नहुँदा कुरेली–६ का दर्जनभन्दा बढी घरपरिवार घन्टौ हिँडेर खोलाको पानीको प्रयोग गरिरहेका छन् । लामो समयसम्म खडेरी परेपछि नजिकै रहेका पानीका मुहान सुक्न थालेको स्थानीयहरुले बताएका छन् ।
यता सदरमुकाम लिवाङमा पनि खानेपानीको समस्या देखिएको छ । गर्मीसँगै पानीका मुहान सुक्न थालेपछि लिवाङ बजारमा खानेपानीको हाहाकार हुन थालेको छ । खानेपानीको उचित व्यवस्थापन नहुँदा सदरमुकामका कुनै धारामा दिनभर पानी आउने र कुनै धारामा पानी नै नआउने समस्या देखिएको छ ।
यसैबीच, रोल्पाका अधिकाशं गाविसमा खडेरीका कारण खानेपानीको अभाव हँुदै गएको छ । गर्मीसँगै लामो समयसम्म पनि वर्षा नभएपछि खानेपानीको अभाव हुँदै गएको हो । स्थानीयस्तरका खानेपानीका मुहान सुक्न थालेपछि घन्टौको पैदल हिँडेर पानीको प्रयोग गर्न बाध्य भएको स्थानीयले गुनासो गरेका छन् ।
लामो सममसम्म वर्षा नभएपछि रोल्पाका किसानको खेतबारी बाझैँ हुन थालेका छन् । वैशाख महिनाको अन्तिमतिर लगाउने मकै बाली वर्षा नभएकै कारण लगाउन नसकिएको किसानले बताएका छन् । पश्चिम रोल्पाका अधिकांश स्थानमा खेतबारीमा मल राखेपछि वर्षा नभएपछि मकैको बीउ रोप्न नसकिएको कुरेलीका स्थानीय पहलमान डाँगीले बताएका छन् ।
No comments:
Post a Comment
Thanx for your comment