Saturday, May 19, 2012

विदेशबाट आएका खनाल काठमाडौँमै हराए


प्युठान । खाडी मुलुक दुबईबाट घर फर्किएका प्युठान खैरा–१ का धनप्रसाद खनाल काठमाडौँमै हराएपछि उनका परिवार चिन्तित भएका छन् ।
‘वैदेशिक रोजगारका लागि दुबई जानुभएका श्रीमानले यही जेठ ३ गते राति आफू काठमाडौँ आएको भनी ४ गते बिहान घरमा सम्पर्क गर्नुभएको थियो । तर काठमाडौँ आएको तीनदिन बितिसक्दा पनि उहाँ सम्पर्क बाहिर रहनुभएको’ उहाँकी श्रीमती नारायणी खनालले बताउनुभयो ।
‘कुराकानीका क्रममा आफू काठमाडौँको एक गेष्ट हाउसमा बसिरहेको र अहिले १० मिनेटपछि फेरि फोन गर्छु भन्नुभएको उहाँ अहिलेसम्म सम्पर्कमा हुनुहुन्न’– नारायणीले भन्नुभयो ।
होटलको नाम खुल्न नसकेको र पहिलो दिन सम्पर्क गरेको टेलिफोन नम्बरमा फोन गर्दा उनीहरुसहित चार जना होटल छोडेर गएको भन्ने होटल मालिकले जानकारी दिएको प्रहरीले जनाएको छ ।
खनालका परिवारले उहाँको खोजतलासका लागि काठमाडौँ प्रहरीमा फोटोसहित हुलिया दिएका छन् भने उहाँको खोजबिनका लागि जिल्लाका पत्रकार र मानवअधिकारकर्मीहरुसँग पनि अनुरोध गरेका छन् ।
उहाँ दुबईबाट डेढ वर्षपछि घर फर्कनुभएको थियो । खनालका एक छोरा र एक छोरी छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी