Thursday, May 17, 2012

चौथो दिनको बन्दले जनजीवन झनै कष्टकर

व्यवसाय धरासायी हुन लागेकोमा चिन्ता भरतपुर । संयुक्त थरुहट संघर्ष समिति आह्वान गरेको तराई बन्दको चौथो दिन तथा बाह्मण क्षेत्रीलगायतका जातीय संघसंगठनको संयुक्त संघर्ष समितिले आह्वान गरेको बिहीबारको नेपालबन्दका कारण चितवनलगायतका जिल्लाकोे जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । बन्दका कारण जनजीवन झनै कष्टकर बन्दै गएको छ । बन्दले व्यापार व्यवसायलगायत दैनिक जीवनयापनमा प्रभाव पारेपछि जनजीवन कष्टकर बन्दै गएको हो । जीवन कष्टकर भएको भन्दै व्यवसायीहरुले बजार संचालनको आह्वान गर्दै नारायणगढको लीलाचोबाट मोटरसाइकल ¥याली निकालेका थिए । उनीहरुले नगर परिक्रमा गरेका थिए । संयुक्त थरुहट संघर्ष समितिले तराईका आदिवासी थारुको अधिकार नया“ संविधानमा सुनिश्चित गर्न र थारुहट स्वायत्त प्रदेशको माग गर्दै तराईका जिल्ला बन्दको आह्वान गरेको हो भने ब्राह्मण क्षेत्री संयुक्त संघर्ष समितिले जातीय राज्यको विरोध र अन्यमा पारिएका जातिलाई आदिवासीमा सूचीकृत गर्ने मागसहित बिहीबारदेखि नेपाल बन्दको आह्वान गरेको हो । संघर्ष समितिले बिहीबार साँझ चौबीसकोठी भरतपुरबाट ¥यालीको आयोजना गरी नारायणगढको पुलचोकमा पुगी कोण सभा गरेको थियो । कोण सभामा संघर्ष समितिका संयोजक धनबहादुर कार्कीले जातीय सद्भाव खल्बल्याउने उद्देश्यले देशका ठूला नेताहरुले अभिव्यक्ति दिइरहेको र आफ्ना मागहरु सम्बोधन गर्ने कुनै तदारुकता नदेखाएका कारण पुनः बन्दमा उत्रन परेको बताउनुभयो । यता, संयुक्त थरुहट संघर्ष समितिको बन्दका कारण चितवन, नवलपरासी, रुपन्देही, बाँके, बर्दियालगायतका तराईका २२ जिल्लाहरुको बजार, यातायात, कलकारखाना पूर्ण रुपमा ठप्प रहेका छन् । सो बन्दका कारण पूर्व पश्चिम राजमार्ग भएर गुड्ने सवारीसाधन विगत चार दिनदेखि पूर्ण रुपमा प्रभावित भएका छन् । आम हडतालको क्रममा एम्बुलेन्स, प्रेस, विवाह मानवअधिकारवादी र कुटनीतिक नियोगका सवारीका साधनलाई भने कुनै अवरोध नपु¥याउने थारु कल्याणकारिणी सभा चितवनले जनाए पनि चितवनमा समाचार संकलनका क्रममा हिँडेका पत्रकारका सवारीसाधनको चाबी नियन्त्रणमा लिने, दुव्र्यवहार गर्नेक्रम बिहीबारसम्म पनि रोकिएको छैन । बिगत चार दिनदेखि नै पूर्वी चितवनको निपनी, रत्ननगर र पर्सा क्षेत्रमा पत्रकारका मोटरसाइकललाई आवातजावत गर्न नदिई डो¥याएर लानुपर्ने भन्दै बन्दकर्ताहरुले अवरोध पु¥याएका छन् । संयुक्त थारु संघर्ष समितिको आन्दोलनमा नेतृत्वविहीनता देखिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा थारु कल्याणकारीणी सभा, संयुक्त थारु संघर्ष समिति र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिका प्रतिनिधिबीच भएको निर्णयअनुसार बन्दमा संगठित रुपमा प्रदर्शन नगर्ने सहमति भएपनि बिहीबार बिहानैदेखि रत्ननगरको सौराहाचोकमा थारु युवाहरुले बा“सका लाठीसहित सडक अवरोध गरेका थिए । संयुक्त संघर्ष समितिका कुनै घटकका नेतृत्वको त्यहा“ उपस्थिति देखिएन । रत्ननगरको सौराहाचोकमा प्रदर्शनकारीहरुले नेकपा एमाले चितवनका जिल्ला सदस्य महादेवी खतिवडामाथि दुव्र्यवहार गरेका छन् । खतिवडा महिलामाथि हुने हिंसा नियन्त्रणका लागि गठन गरिएको महिला दबाब समूहको जिल्ला संयोजक तथा अखिल नेपाल महिला संघ चितवनका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । श्रीमान्का लागि औषधि लिनका लागि रत्ननगर–७ ढिकुवाबाट रत्ननगरको टाँडीतर्फ आउँदै गर्दा उहा“लाई दुव्र्यवहार गरिनुका साथै उहा“ चढेको ना ९ प ८१८२ नम्बरको मोटरसाइकल पनि तोडफोड गरिएको छ । केही दिनपहिले चितवनमा सम्पन्न थारुहरुको गोलमेच सम्मेलनबाट चितवनदेखि पश्चिम कञ्चनपुरसम्म थरुहट प्रदेश, सिराहादेखि झापासम्म पूर्वी थारुवान, पर्सादेखि धनुषासम्म मध्य तराई सिम्रौनगढ स्वायत्त प्रदेशको माग गरिएको थियो । यसैबीच नेपाल आदिवासी जनजाति महासंघ गाविस समन्वय परिषद् गैँडाकोटले एक विज्ञप्ति जारी गरी ११ प्रदेशको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । परिषद्ले आफूहरुको जारी बन्दबारे भ्रामक प्रचार गरिएको भन्दै आपत्ति पनि जनाएको छ । जारी बन्दप्रति चिन्ता रत्ननगर उद्योग वाणिज्य संघ लगातार भइरहेको बन्दले उद्योग व्यवसाय धरासायी भएको भन्दै चिन्ता व्यक्त गरेको छ । संघद्वारा जारी एक विज्ञप्तिमा बन्दका कारण पोल्ट्री, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको उल्लेख गर्दै बन्दका कारण कच्चा पदार्थको अभावमा प्रशासनिकलगायत अन्य खर्च व्यवस्थापन गर्न समस्या भएको जनाइएको छ । विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था बन्द रहनुले दैनिक कारोबारसमेत ठप्प बनाएको भन्दै चिन्ता व्यक्त गरिएको छ । एम्बुलेन्स तोडफोड, प्रहरी बिटमा आगजनी यसैबीच बिहीबारको बन्दको क्रममा थारु संघर्ष समितिका कार्यकर्ताले नवलपरासीको बासामा बिरामी बोकेको एउटा एम्बुलेन्स तोडफोड गरेका छन् । बुटवलबाट भरतपुरतर्फ बिरामी लिएको हिँडेको बा८च ५६६२ नम्बरको एम्बुलेन्स उनीहरुले तोडफोड गरेका हुन् । बिरामी बोकेर हिँडेको एम्बुलेन्समाथि बन्दकर्ताले लौरोले हानेर तोडफोड गरेको स्थानीयले बताएका छन् । एम्बुलेन्सको सिसा फुटेको छ । त्यस्तै बन्दकर्ताहरुले बर्दघाटमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । सबै प्रहरीहरु राजमार्गमा गस्तीमा रहेको बेला केही चुल्ठेमुन्द्रेहरुले बिटमा आगजनी गरेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी