Tuesday, May 22, 2012

रेखाको डिभोर्स हल्लामात्र, १० महिनापछि बोलचाल

नायिका रेखा थापा र उनका श्रीमान एवं निर्माता छवि ओझाबीच झण्डै १० महिनापछि बोलचाल भएको छ ।

रेखाले छविसँग सम्वन्ध विच्छेद गरेको हल्लाले नेपाली रजतपट तातेको बेला अनलाइनखबरसँगको भएको भेटमा रेखा र छवि दुबैले डिभोर्सलाई हल्ला मात्र भएको बताए ।

छविको कार्यालय नमस्ते नेपालमा अनलाइनखबरसँग कुरा गर्दै दुबैले आफूहरुबीच १० महिनापछि मंगलबार बोचलाच भएको र अब कसरी अघि बढ्ने भन्नेबारे छलफल सुरु भएको बताए । आफूहरु डिभोर्स गर्ने कि सँगै बस्ने भन्ने विकल्पबारे छलफल सुरु भएको भन्दै दुबैले एकै स्वरमा डिभोर्स र संगै बस्ने सम्भावना ५०/५० प्रतिशत रहेको बताए । १० महिनापछि बोलचाल भएपछि तत्काल भने रेखा छविसँग नबस्ने भएका छन् ।

वार्ता प्रक्रिया जारी रहेसम्म रेखा आमासँगै बस्ने र वार्तामा भएको सहमति अनुसार नै अघि बढ्ने दुबैले बताएका छन् । हाल एउटै घरमा रहेका रेखा र छवि फरक फरक फ्याटमा बस्दै आएका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी