Tuesday, May 22, 2012

बन्दका बेला शहर पस्यो चितुवा (फोटोफिचर)

काठमाडौं । तीन दिनदेखि काठमाण्डौका सडक सुनसान छन् । केही चोकहरुमा लाठी बोकेर नाराबाजी गरिरहेका आन्दोलनकारीले अड्डा जमाएका छन् ।

बन्दले सुनसान भएको यही मौका छोपेर शिकारको खोजीमा रहेको एक चितुवा काठमाण्डौं छिर्‍यो । महाराजगंजस्थित पाकिस्तानी दूतावास नजिकैको एक निर्माणधिन घरमा छिरेर आराम गरिरहेको चितुवा देखेपछि मंगलबार बिहान महाराजगंज क्षेत्र आतंकित भयो ।

स्थानीय वासिन्दाले प्रहरी गुहारे र प्रहरीले गुहार्‍यो चिडिखानाका कर्मचारी । बन्दको अबरोध छिचोल्दै पुगेका चिडियाखानका कर्मचारीले चितुवालाई बेहोस बनाई नियन्त्रणमा लिए ।


उनीहरुले चितुवालाई चिडियाघरमा राखेका छन् । चितुवा आहाराको खोजीमा शिवपुरी राष्ट्रिय निकुञ्जबाट शहर छिरेको हुनसक्ने चिडियाघरका कर्मचारीको अनुमान छ ।






No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी