९ जेठ, काठमाण्डौ । जीवनमा केही पनि
असम्भव छैन। मेरो पनि एउटा सपना छ, आफ्नो देशका लागि केही गरौँ भन्ने
नेपाली मूलकी क्यानेडेली श्रेया शाहले आफ्नो ब्लगमा थप लेखेकी थिइन्,
‘मेरो बाटोमा आउने कुनै पनि चुनौतीसँग म रमाउन चाहन्छु।’ नेपालमा जन्मिएर
क्यानडाको शान र गर्वका साथ पुगेकी श्रेयाले सगरमाथा आरोहणका लागि
प्रस्थान गर्नुअघि आफ्नो ब्लगमा यस्तै लेख्नुभएको थियो।
क्यानडाको टोरोन्टोमा बस्दै आउनुभएका गैरआवासीय नेपाली श्रेया थुप्रै सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो। उहाँको ब्लगमा उल्लेख भएअनुसार उहाँ युवालाई उत्साहित गर्न स्किड हस्पिटलको सहयोगार्थ हृयापीफिट माउन्टेनियर्सबाट सगरमाथा आरोहणमा आउनुभएको थियो। मे १९ को दिन सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल श्रेया शाहको र्फकने क्रममा आठ हजार ६ सय मिटरमा मृत्यु भएको हो। उहाँ भारतीय चर्चित सेफ मास्टरका रूपमा रहेका सञ्जीव कपुरको लगानी रहेको सस स्पास कम्पनीमा अध्यक्षको रूपमा कार्यरत हुनुहुन्थ्यो।
सगरमाथाको देशमा जन्मिएकी श्रेयाले
भारतमा उच्चशिक्षा हासिल गरी क्यानडालाई कर्मथलो बनाए पनि मृत्युवरण भने
हिमालको काखमा आफ्नै जन्मभूमिमा गर्नुभएको छ।
क्यानडाको झन्डा लिएर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो दक्षिण एसियाली
महिला र चौथो क्यानेडेली महिलाको रूपमा परिचय बनाउने श्रेयाको सपना भने मे
१९ मा सगरमाथा आरोहण गरी र्फकने क्रममा मृत्यु भएपछि अधुरै रहृयो।
अपि्रलमा सगरमाथा आरोहण गरेर जुनमा समाप्त गर्ने उनको योजना थियो आजको
गोरखापत्र दैनिकले समाचार छापेको छ ।क्यानडाको टोरोन्टोमा बस्दै आउनुभएका गैरआवासीय नेपाली श्रेया थुप्रै सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो। उहाँको ब्लगमा उल्लेख भएअनुसार उहाँ युवालाई उत्साहित गर्न स्किड हस्पिटलको सहयोगार्थ हृयापीफिट माउन्टेनियर्सबाट सगरमाथा आरोहणमा आउनुभएको थियो। मे १९ को दिन सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल श्रेया शाहको र्फकने क्रममा आठ हजार ६ सय मिटरमा मृत्यु भएको हो। उहाँ भारतीय चर्चित सेफ मास्टरका रूपमा रहेका सञ्जीव कपुरको लगानी रहेको सस स्पास कम्पनीमा अध्यक्षको रूपमा कार्यरत हुनुहुन्थ्यो।
No comments:
Post a Comment
Thanx for your comment