काठमाडौं । नेपाली कांग्रेसका आदिवासी जनजाति तथा मधेसी सभासदहरुले एकल जातीय पहिचानसहितको राज्यका लागि आफूहरु पद त्याग्न तयार रहेको बताएका छन् ।
मंगलबार सिंहदवारमा बसको संसदीय दलको बैठकमा केही सभासदले भने पार्टी निर्णय विपरित एकल जातीय पहिचानको पक्षमा उभिएको भन्दै कारवाहीको माग गरेपछि जिपछिरिङ लामा, रामकृष्ण ताम्राकार, तुलसी सुब्बा, मानबहादुर महतो लगायतका सभासदहरुले ह्वीप उल्लंघन गरेरै भएपनि एकल जातीय पहिचानका पक्षमा भोट हाल्ने चेतावनी दिएका हुन् ।
‘हामीले पद हैन, अधिकार खोजेका हौं’ सभासद लामाले अनलाइनखबरसँग भन्नुभयो-’यदि शेर्पा, ताम्सालिङ, नेवा, लिम्बुवान लगायतका प्रदेशहरु बन्छन् भने हामी पद त्याग्न पनि तयार छौं ।’
आफूहरुले पार्टी निर्णय उल्लंघन गर्न खोजेको नभई अधिकार खोजेको भन्दै पार्टीले पहिचानको माग सम्वोधन गरे पार्टी निर्णय अनुसार नै चल्न तयार भएको बताएका छन् । ‘पार्टी निर्णय हामीले मात्र हैन, नेतृत्वले पनि उल्लंघन गरेका छन्’ सभासद लामाले भन्नुभयो-’नेतृत्वले पार्टी निर्णय विपरित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा सहमति गरेकै हुन् । अनि हामीले अधिकारका लागि एउटै मोर्चामा उभिँदा अरुको एजेण्डमा गएको कसरी हुन्छ ?’
संसदीय दलको बैठकले आदिवासी जनजातिको बन्दका क्रममा प्रेसमाथि भएको आक्रमणलाई लोकतन्त्रमाथिकै आक्रमण भन्दै भर्त्सना गरेको छ । एकल जातिय पहिचानक आधारमा राज्य हुनुपर्ने माग गर्दै हस्ताक्षर गर्ने बिभिन्न दलका ३ सय २० मध्ये २० जना सभासद् नेपाली कांग्रेसका थिए ।

No comments:
Post a Comment
Thanx for your comment