वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १४ जना नेपाली विचल्लीमा परेपछि मलेसियास्थित नेपाली दुतावासको शरणमा पुगेका छन् ।
केहि महिना अघि काठमाडौंको सुनकोशी म्यान पावरबाट मलेसियाको पेराकमा रहेको चित्लाङ कम्पनीमा कामको लागि आएका नेपाली कामदारहरुले अर्कै कम्पनीमा काम गर्नु परेपछि दुतावासको शरणमा पुगेका हुन् । काठमाडौंबाट मलेसिया आउँदा उनीहरुलाई प्लाष्टिक कम्पनीमा काम गर्ने र महिनामा ९ सय ५५ रिगेट तलब हुने आश्वासन दिइएको थियो ।
तर मलेसिया आएपछि आफूहरुले त्यस खाले कुनै सुविधा नपाएको र काम पनि अर्कै कम्पनीमा गर्नु परेको उनीहरुले बताएका छन् । हिजो दुतावास पुगेका उनीहरुसँग बस्ने र खाने समेतको अवस्था नभएपछि नेपाली दुतावासको आग्रहमा स्थानीय चर्चले बस्ने व्यवस्था मिलाईदिएको छ । यसरी दुतावासको शरणमा पुग्ने नेपालीहरु ताप्लेजुङ, सुनसरी, इलाम, झापा र दोलखाका बासिन्दा रहेका छन् ।
via.. डिसीनेपाल डटकम
No comments:
Post a Comment
Thanx for your comment