Thursday, May 17, 2012

बाल हेल्पलाइनबाटै बालक बेपत्ता

नारायणगढ । चितवनको नारायणगढस्थित दियालो परिवारद्वारा सञ्चालित बाल हेल्पलाइनबाटै एक बालक बेपत्ता भएका छन् । बालबालिकालाई उद्धार तथा संरक्षण गरी सम्बन्धित परिवारलाई बुझाउने उद्देश्यले स्थापना भएको बाल हेल्पलाइन नारायणगढबाटै बालक हराएको कार्यक्रम संयोजक निशा अधिकारीले बताउनुभयो । हेटौँडा घर बताउने ६ वर्षीय बालक रोशन ठकुरी चितवनमा रहेका सडक बालबालिकासँगै गएको हुनसक्ने संयोजक अधिकारीले बताउनुभयो । मङ्गलबार कोठाबाटै बालक हराएको बारे जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएको र फेला पार्नेले नजिकको प्रहरी कार्यालय वा बाल हेल्पलाइन नम्बर १०९८ मा सम्पर्क गरीदिन दियालो परिवार नारायणगढका कार्यकारी निर्देशन बद्री अधिकारीले सबैमा आग्रह गर्नुभएको छ । बेवारिसे अवस्थामा प्रहरीले फेला पारी ती बालकलाई गत चैतमा बाल हेल्पलाइनमा पठाएको थियो । विभिन्न ठाउँमा उनको परिवारको खोजी गर्दा फेला नपरेपछि उनलाई बालगृहमा राख्ने तयारी गरिएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी