Friday, June 8, 2012

ऐन कार्यान्वयन नगर्ने संचारगृहलाई बन्दसम्मको कारवाही गरिने


नारायणगढ । श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगर्न संचारगृहलाई बन्द गर्ने सम्मको कारवाहि गर्ने चेतावनी न्युनतम पारिश्रमीक निर्धारण समितिका संयोजक गोविन्द आचार्यले दिनुभएको छ ।
शुक्रबार न्युनतम पारिश्रमीक निर्धारण समिति काठमाडौंको सहयोगमा नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा नारायणगढमा सम्पन्न श्रमजीवि पत्रकार ऐन कार्यान्वयन सम्बन्धि अन्तक्रिया कार्याक्रममा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो, ‘श्रमजीवि पत्रकारहरुको श्रमको शोषण हुन्छ भने त्यो भन्दा लाजमर्दाे कुरा अरु के हुन सक्छ, यस्ता सञ्चारगृहलाई डाटा सार्वजनिक गरेर कारवाही गरिन्छ ।’
कुनै पनि संचार संस्थाले तीन जना भन्दा बढि श्रमजीविलाई काममा लागाए ऐन लागु हुने समेत उहाँको भनाई थियो । सञ्चार प्रतिष्ठानका सञ्चालकलाई  लक्षित गर्दै आचार्यले भन्नुभयो, ‘यदी तपाईँहरु श्रमजीवि पत्रकारहरुलाई ऐनले तोके बमोजिम पारिश्रमीक दिन सक्नुहुन्न भने श्रमजीविलाई क्षतिपूर्तिसहित विदाइ गर्नुस ।’
श्रमजीवि ऐन कार्यान्वयनका चरणमा रहेकोले ऐन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले श्रमजीविलाई न्युनतम पारिश्रमीक नदिने संचार प्रतिष्ठानको नविकरण नगर्न समेत सुचना विभाग तथा संचार मन्त्रालयलाई आग्रह गर्नुभयो ।
विभाग र मन्त्रालयले त्यस्ता संचार प्रतिष्ठानको नविकरण गरे सरकार विरुद्ध आन्दोलनमा उत्रने गाँउलेको चेतावनी थियो । श्रमजीवि ऐन कार्यान्वयनमा बाध्यात्म रहेको भन्दै उहाँले भन्नुभयो, ‘विधी बनेको छ, यसको पालाना सबैले गर्नुपर्छ, विधीमा समस्या, भए महासंघ छलफल गर्न तयार छ ।’
विधी कसैका लागि स्वैच्छिक नभई बाध्यात्मक हुने अध्यक्ष गाँउलेको भनाई थियो ।  एक अर्काे प्रसंगमा उहाँले पत्रकारहरु माथि आक्रमण गर्नेको लेखाजोखा राखिने उहाँले बताउनुभयो ।
कार्यक्षत्रमा खटिदाँ पत्रकार घाइते भएमा प्रारम्भिक उपचार बाफत पाँच हजार  रुपैयाँ सम्म महासंघले दिने उहाँको भनाइ थियो । नेपालका सचांर माध्यमहरुको व्यवस्थापन राम्रो नभएको न्युनतमा पारिश्रमीक निर्धारण समितिका  पूर्व संयोजक एवम् महासंघका पूर्व केन्द्रीय अध्यक्ष सुरेश आचार्यले आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सम्म कुनै पनि संचालकले श्रमजीविलाई तपाँईले राम्रोसँग काम गर्नुस म तपाईँलाई सन्तुष्टी दिन्छु  भन्न सक्दैन ।’ कार्यक्रममा चितवनका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले ऐन कार्यान्वयनको कुरा उठिरहँदा ऐन ले निर्धारण गरेको न्युनतम पारिश्रमीक तथा नियुक्ती पत्र नै नपाएको गुनासो व्यक्त गरेका थिए ।
उनीहरुले ऐन कार्यान्वयन नगर्ने संचार माध्ययमलाई बन्द गर्ने सम्मका कारवाहि गर्न माग गरेका थिए । कार्यक्रममा सुचना विभागका महानिर्देशक लिक्ष्मीविलाश कोइराला, रेडियो प्रशारक संघ(वान)का अध्यक्ष विष्णुहरी ढकाल, सामुदायी रेडियो प्रशारक संघ (एकोराव)का महासचिव खेम भण्डारी, नेपाल प्रेस युनियनका उपाध्यक्ष गंगाधर पराजुली, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य सुरेशचन्द्र अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम महासंधका चितवन अध्यक्ष जनक अर्यालको अध्यक्षता, उपाध्यक्ष रमेशकुमार पौडेलको स्वागत तथा सचिव राधेस्याम खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी