Friday, June 8, 2012

खुलामञ्चमा पुगेका २२ दलको जोड ‘सरकार’मै


कुन नेताले के भनेर गाली गरे ?

काठमाण्डौ । बाबुराम भट्टराईको सरकारलाई सडकबाटै ढाल्ने भन्दै कांग्रेस एमालेसहितका २२ दलले शुक्रबार खुल्लामञ्चमा आयोजना गरेको ‘शक्ति प्रर्दशन’मा दलहरु नेताहरुले सरकार र माओवादीलाई बिभिन्न शैली, उपमा र भाँती मिलाएर गाली गरे । संबिधानसभा बिघटनमा बिशुद्ध माओवादीको सत्ताकब्जाको नीतिका कारण भएको दावी गर्दै उनीहरुले बाबुराम सरकारलाई सडकबाटै अपदस्त गर्ने घोषणा गरे ।
संबिधानसभा भंग भएपछिको संवैधानिक रिक्तता कसरी पुरा गर्ने भन्नेमा भन्दा पनि सरकार आफुले पाउनुपर्नेमै ती दलका नेताहरुले जोड दिए ।
लाखौंको सहभागीता हुने भनिएपनि कांग्रेस एमालेसहित दलहरुले आयोजना गरेको सभामा अपेक्षाकृत निकै कम भीड थियो । मञ्चमा आसिन दलहरुका नेताहरुले हैसियतअनुसार सामान्य चिनापर्ची गर्नेदेखि आधा घण्टासम्म भाषण गरे ।
नेकपा एमालेका नेता केपी शर्मा ओलीले सत्ता कब्जा गर्ने षड्यन्त्रमा माओवादीले संविधानसभा भंग गरेपनि सफल नहने दावी गर्नु भएको छ ।
कांग्रेस-एमाले गठवन्धनले राजधानीको खुलामञ्चमा शुक्रबार राजधानीमा गरेको आमसभामा नेता ओलीले माओवादीको सत्ता कब्जा सपनामा आएको चकलेट जस्तो हुने बताउनु भयो । ‘सरकार हटाउन ठाउँ सिध्याएर उसले सत्ता कब्जा गर्ने उदेश्यका साथ संविधान पनि बन्न दिएन, संविधानसभा पनि छैन, संसद पनि रहन दिएन’उहाँले भन्नुभयो-’कुनै जादुगर चटकेले अब नेपाली जेनतालाई अलमल्याएर सत्ता कब्जा गरौंला भन्ने सपना नदेखेहुन्छ । त्यामे सपनामा खाएको चकलेट जस्तो हुन्छ । विउझिँदा मुल गुलियो हुँदैन ।’
माओवादीले यसअघि पनि पटक पटक सत्ता कब्जाको प्रयास गरेपनि नसकेको उहाँको भनाई छ । माओवादी सच्चिछ कि भन्दै आफूहरुले पटक पटक प्रयास गरे पनि नसच्चिएको भन्दै उहाँले भन्नुभयो-’धेरै डल्ला साबुन सक्कियो, धेरै बाल्टिन पानी खेर गयो । तर माओवादीलाई सफा पार्न सकिएन ।’
संविधानसभा भंग गरेसँगै प्रधानमन्त्रीले सत्ता कब्जा गरेको भन्ने ठानेपछि राष्ट्रपतिले सरकार कामचलाउ भएको पत्र पठाएपछि भट्टराईको सपना हुरीले उठाएको भनदै उहाँले भन्नुभयो-’सपना सबै उडायो हुरीले भनेझै भएको छ । सत्ता कब्जा गरेँ भन्ठानेको त सरकारै पो रहेनछ ।’ जनतालाई भ्रम छर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरुको ढोका ढोकामा गएर मलाई सहयोग गर्नुहोस भनेको भन्दै उहाँले भन्नुभयो-’सिद्धिसकेको प्रधानमन्त्रीलाई अब के सहयोग गर्ने, अन्तिम संस्कार गर्न ?”
हामीले हैन, माओवादीले धोका खाएको छः सुशील
आमसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति सुशील कोइरालाले आफूहरुलाई धम्काएर माओवादी सफल नहुने बताउनु भयो । तानाशाह बन्न खोज्दा माओवादी आफैँ समाप्त हुने कोइरालाको भनाई छ । ‘हामीले धोका खाएको छैन, माओवादीले धोका खाएको छ’उहाँले भन्नुभयो-तानाशाहहरु एकपछि अर्को ढल्दै गएका छन् ।’ सभापति कोइरालाले माओवादी अब सुख सुविधा छाडेर जंगल जान नसक्ने बताउनु भयो ।
 पैसा भए माओवादीले देश पनि बेच्छः माधव नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेपाली आमाका धुन्धुकारी सन्तान भएको बताउनु भयो । ‘माओवादी नेपाली आमाको धुन्धुकारी सन्तान भएको छ, जन्मिएदेखि नै दुःख दिएको छ’ उहाँले भन्नुभयो-माओवादी पैसा भयो भने देश बेच्न पनि तयार हुन्छ ।’ संविधानसभा विघटनपछि प्रधानमन्त्रीमा देखिएको दम्भ राष्ट्रपतिले सरकार कामचलाउ मात्र भएको बताएपछि सकिएको भन्दै उहाँले भन्नुभयो-’राष्ट्रपतिले मेमो पठाएपछि प्रधानमन्त्रीको टायर पन्चर भएको छ ।’ संविधानसभाको ४ वर्ष माओवादीको बन्दुकको छाँयामा वितेको नेपाललको दावी छ । लोकतान्त्रिक संविधान बन्ने भएपछि माओवादीले षड्यन्त्र सुरु गरेको भन्दै उहाँले भन्नुभयो-’जुन बेलादेखि जनजातिलाई सडक कब्जा गर्न निर्देशन दिइयो, त्यसबेलादेखि उ कसरी सत्तामा बसिरहने भन्ने दाउमा लाग्यो ।’
 राजा गए, अब माओवादीको पालो : देउवा
आमसभालाई सम्वोधन गर्दै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिका लागि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बताउनु भयो । तत्काल राजीनामा नखिए आन्दोलनबाट सरकार ढाल्ने भन्दै उहाँले त्यसले राणा र राजालाई जस्तै माओवादीलाई सिध्याउने बताउनु भयो । ‘अब आन्दानेलन सुरु भयो, राणा गए, राजा गए अब अब जाने पालो माओवादीको ।
माओवादी र मधेसी मोर्चा भदौरे भेलः झलनाथ

आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले सत्ता कब्जाको माओवादीको मानसिकताका कारण संविधानसभा गुमेको बताउनु भयो । संविधानमा संविधानसभाको अर्को चुनाव गर्ने व्यवस्था नै नभएको अवस्थामा सकारले चुनाव घोषणा गरेको भन्दै उहाँले भन्नुभयो-’यो गर्ने चुनाव हैन, राष्ट्रलाई संघटतर्फ धकेल्ने चुनाव हो ।’ सरकारले असंवैधानिक र एकलौटी रुपमा चुनाव घोषणा गरेको भन्दै उहाँले चुनाव हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो-’अब मंसिर ७ गते यो देशमा कुनै निर्वाचन हुन सक्दैन । तपाईहरुको तर्फबाट र राष्ट्रको तर्फबाट खारेज भएको घोषणा गर्न चाहन्छु ।’ माओवादी र मधेसी मोर्चा भदौमा आउने भेल भएको भन्दै उहाँले भन्नुभयो-भदौमा आउने भेल कहिले काँही ठूलठूला लाग्छन्, तनै नसक्ने जस्तो लाग्छ तर, केही क्षणमा सकिन्छ । यी दुई पार्टी यस्तै हुन् । उनीहरु आफै सिद्धिन्छ ।’
संविधानसभाको दाहसंस्कार भो, अब सरकारको पालोः राणा
आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराले अब आफूहरुले छिटै डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको दाहसंस्कार गर्ने बताउनुभएको छ ।
आफूहरु अब त्यही दिनको प्रतिक्षामा रहेको भन्दै उहाँले भन्नुभयो-’संविधानसभा बिघटन भएको आज १३ औं दिन हो, आज संविधानसभा अवसान भएको १३ औं दिनको पुन्यतिथि मनायौं’ राणाले भन्नुभयो -’अब बाबुराम सरकारको पनि यसैगरी दाहसंस्कार गर्नेछौं ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी