Friday, June 8, 2012

टुंडिखेलमा थरीथरीका वक्ता

मिश्रले हिन्दीमा बोल्दा बिरोध vie online khabar

भ्यागुताको धार्नीजस्तो गरी सरकार बिरोधी मोर्चामा रहेका साना-ठूला पार्टीको गठबन्धनले टुंडिखेलमा गरेको प्रदर्शन रमाइलो र घतलाग्दो पनि देखियो । कहिल्यै नाम नसुनिएका पार्टी र तिनका नेता समेत त्यहाँ उपस्थित थिए । धेरै साना पार्टी र तिनका अध्यक्षको नाम उद्घोषकले समेत राम्ररी उच्चारण गर्न सकेनन् । नाम भन्न अप्ठेरो हुने भएपछि उनले पार्टीको नाम मात्रै भनेर प्रतिनिधि आउनुस् भनेर बोलाए ।
भाषण गर्ने र यसअघि यति ठूलो सभामा बोल्ने बानी नभएका कतिपय नेतालाई मञ्चमा उभिन समेत अप्ठेरो भएको देखियो । सर्वहारा पार्टी नेपालको तर्फबाट बोल्न आएकाले पहिले आफ्नो नाम नै नभनी श्लोक भने । अनि पछि बल्ल उनले नाम भने । श्लोक र आफ्नो परिचय दिएर उनी बिदा भए । नेपाली जनता दलका रामकुमार ओझाको पारा पनि यस्तै देखियो । सुकुम्बासी पार्टी लोकतान्त्रिकका अध्यक्षले सरकारको बिरोधभन्दा थापाथलीका सुकुम्बासी हटाईएकोमा बढी गुनासो गर्नुभयो । राष्ट्रिय जनवादी मोर्चाका प्रतिनिधिले पनि छोटै बोले । नेकपा माले जनसमाजवादीका प्रतिनिधिले आफ्नो पार्टीको नाम राम्ररी नभनेको भन्दै उद्घोषकको आलोचना गरे । समाजवादी परिषद र नेकपा संयुक्त माक्र्सवादीका प्रतिनिधिले पनि भट्टराई सरकारको आलोचना गरेर एकएक बाक्यमा भाषण सके ।
चुरे भावर एकता पार्टी नेपालका भूमीराज निरौलाले अलि लामो बोले । उनले अखण्ड भावर प्रदेशमा जोड दिए । उनी लगत्तै पालो आयो चुरे भावर राष्ट्रिय पार्टीका केशवप्रसाद मैनालीको । उनले पनि उसैगरी भट्टराई सरकारको खोइरो खने ।
यतिबेलासम्म त वक्ताको मेलो छिटोछिटो सर्यो । को कतिखेर आयो र कतिखेर भाषण सकेर गयो भन्ने पनि पत्तो भएन । त्यसपछि भने पट्यारलाग्दो भाषणको मेलो शुरु भएको छ । नेकपा एकीकृत क्रान्तिकारीका हिमाल पुरीलाई आयोजकले ५ मिनेटको समय दिएपनि उनले झण्डै १० मिनेट बोले । त्यसपछि बोल्ने नेकपा संयुक्त माक्र्सवादीका लोकनारायण सुवेदीले पनि उनकै बाटो पछ्याए । त्यसपछि बोलेका जनमोर्चाका साध्यबहादुर भण्डारीको त कुरै छाडौं । तीनजनाले बोलीभ्याउने समयसम्म उनले माइक समाइरहे ।
यसपछि कांग्रेस र एमालेका शीर्ष नेताहरूले पालै पालो बोले ।  सबैले बोल्दा झमक्क साँझ परेको थियो ।
मिश्रले हिन्दीमा बोल्दा बिरोध
टुंडिखेलमो संयुक्त सभामा सद्भावना आनन्दीदेवीका देवेन्द्र मिश्रले हिन्दीमा बोल्दा सहभागीहरुले हुटिङ गरेर बिरोध जनाए । हत्तपत्त कांग्रेस उपसभापति रामचन्द्र पौडेलले उठेर नेपालभित्र बोलिने सबै भाषा राष्ट्रिय भाषा भएकाले बोल्न पाउनु उहाँको अधिकार भएकाले हल्ला नगर्न अनुरोध गरे । त्यसपछि मिश्रले राष्ट्रियताबारे हिन्दी भाषामै बोले । त्यसपछि समर्थनमा ताली बज्यो ।
आफूभन्दा पहिले बोलेका जनमोर्चाका साध्यबहादुर भण्डारीले बोलेको कुरामा चाहिं उनले प्रतिवाद गरे । भण्डारीले मधेसमा पारी देशकाले नेपाली नागरिकता लिएको बताएका थिए । मिश्रले नेपालीहरुले नै नागरिकता लिएको र मधेसीलाई भेदभाव गर्न नहुने बताए । भण्डारीले जनजातिले नै जातीय राज्य नचाएको बताए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी