Friday, June 8, 2012

संविधानसभा पुनःस्थापनाको रिट विशेष इजलासमा सुनुवाई हुने

काठमाडौं । एक दिनका लागि संविधानसभा पुनःस्थापनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सरकारमा नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको एकल इजलासले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन  पनि भनेको छ । साथै सरकारले लिखित जवाफ लिएपछि रिटको सुनुवाई विशेष इजलासमा गर्न आदेश दिएको छ । इजलासले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश भने जारी गर्नु नपर्ने ठहर गरेको छ ।
एक दिनका लागि संविधानसभा पुनः स्थापना गर्न माग गर्दै अधिवक्तात्रय भोजराज आचार्य, धनबहादुर श्रेष्ठ र ज्ञानप्रसाद खनालले संयुक्तरूपमा दायर गर्नुभएको थियो । रिटमा अर्को संविधानसभाको निर्वाचनको मिति तोक्ने मन्त्रिपरिषदको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र उपयुक्त दिन तोकी संविधानसभाको म्याद एक दिन कायम रहेको घोषणा गर्न माग गरिएको छ ।
रिटमा अर्को व्यवस्था नभएसम्म व्यवस्थापिका-संसदको अस्तित्व कायम रहेको भन्ने घोषणा गरी दुवै निकायलाई काम कारबाही अघि बढाउन भनी परमादेशलगायतका आज्ञा आदेश जारी गर्न पनि माग गरिएको छ । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विघटित संविधानसभाका अध्यक्ष तथा उपाध्यक्ष, संविधानसभा सचिवालय र व्यवस्थापिका-संसद सचिवालयलाई विपक्षी बनाइएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी