Thursday, June 14, 2012

एसएलसीमा फेल भएका ३ युवतीद्वारा आत्महत्या


जेठ ३२ - एसएलसी परीक्षाफल प्रकाशित भएसँगै परीक्षामा असफल हुनेहरुले आत्महत्या गरेका समाचार पनि सार्वजनिक हुन थालेका छन् । पाल्पा, नेपालगञ्ज र विराटनगरमा गरी ३ युवतीले झुण्डियर आत्महत्या गरेका छन् ।

एसएलसी परीक्षामा फेल भएपछि छहरा ४ गोलुङ्गसाकी १६ बर्षिया सरिता राना मगरले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भैरब नवदिप उच्च माबि छहराबाट परीक्षा दिएकी उनले घरमा कोही नभएको मौकामा आत्महत्या गरेकी हुन् । परीक्षामा अनुर्तिण भएको जानकारी पाएदेखि उनले केही खाएकी थिएनन् । उनको शबलाई पोष्टमार्टमको लागि  जिल्ला अस्पताल तानसेनमा ल्याईएको छ ।
यस्तै नेपालगञ्जका १३ गोसाई गाउँकी १५ वर्षिया प्रतिक्षा शर्माले पनि झुण्डिएर आत्महत्या गरेकी छिन् । उनी नारायण उच्च माविबाट एसएलसी परीक्षामा सहभागि भएकी थिईन् । घरमै झुण्डिएको अवस्थामा भेटिएकी उनलाई उद्धार गरेर उपचारका लागि भेरी अञ्चल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैगरी विराटनरको श्रीराम उच्चमाविबाट एसएलसीमा सहभागि भएकी विराटनगर २० रानीकी मधु देवानले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।\vie : unn

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी