काठमाण्डौं । अज्ञात समूहको गोली लागि घाइते भएका कानुन व्यवसायी राम गिरी र स्वर्गिय रणबहादुर बमका अङग रक्षक महेश गिरीको स्वास्थ्य सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । गम्भिर घाइते राम गिरीलाई भेन्टिलेटरबाट क्याबिनमा सारेर उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ ।
दुवैजना अव खतराबाट मुक्त रहेको अस्पतालका प्रचार प्रबन्धक आरपी मैनालीले जानकारी दिनुभयो । ललितपुरको शङ्खमुल नजिक भएको आक्रमणमा राम गिरीलाई पेटमा र अङ्गरक्षक गिरीलाई घाँटीमा गोली लागेको थियो । शरीरमा भएका गोलीलाई सल्यक्रिया गरी निकाली सकिएको छ ।
उक्त घटनामा गोली लागि गम्भिर घाइते हुनभएका न्यायाधीस बमको भने उपचारका क्रममा निधन भएको थियो ।
No comments:
Post a Comment
Thanx for your comment