Thursday, June 7, 2012

मृतक थनेतलाई सहिद घोषणा

काठमाडौं । सरकारले जनजाति–थारु आन्दोलनमा मारिएका धनबहादुर थारु थनेतलाई सहिद घोÈणा गरेको छ ।
मन्त्रिपरिÈद्को बिहीबार बसेको बैठकले थनेतलाई सहिद घोÈणा गर्दै परिवारलाई १० लाख रुपैया“ राहत उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो ।
नवलपरासीको डण्डामा चैत २७ गते भएको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते थनेतको उपचारको क्रममा बुधबार काठमाडौंस्थित शिÔण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
बन्दले तराई क्षेत्र प्रभावित
यसैबीच प्रहरीसँग भएको झडपमा परी घाइते भएका आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा जनजाति महासंघले आह्वान गरेको तराईका क्षेत्र बन्दका कारण चितवन, नवलपरासीलगायत तराईका जिल्लाको जनजीवन आंशिक प्रभावित भएको छ ।
बन्दका कारण पूर्व–पश्चिम राजमार्गमा कुनै पनि सवारीसाधन संचालन हुन सकेनन् भने चितवन र नवलपरासीका उद्योग धन्दा, व्यवसाय शिक्षण संस्थासमेत पूर्ण प्रभावित भएका छन् ।
कावासोतीमा वैशाख २७ प्रहरीसँग भएको झडपमा परी धनबहादुर थनेतको उपचारका क्रममा काठमाडौंमा बुधबार मृत्यु भएको थियो । घाइते प्रहरीसमेत एकजनाको काठमाडौंमै उपचार भइरहेको छ ।
एम्बुलेन्स तोडफोड
यसैबीच बन्दको अवज्ञा गरेको भन्दै बिहीबार नवलपरासीमा एउटा एम्बुलेन्स तोडफोड भएको छ । बुटवलबाट बिरामी लिएर भरतपुर आउँदै गरेको दाउन्नेदेवी युवा क्लबको लु १ च ३९०७ नम्बरको एम्बुलेन्सलाई बन्दकर्ताहरुले नवलपरासीको चोरमारामा रोकेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एम्बुलेन्समा तोडफोड भएपछि अलपत्र बिरामीहरुलाई अर्काे एम्बुलेन्स खोजेर प्रहरीले उद्दार गरी उपचारका लागि भरतपुर ल्याएकोे थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी