नारायणगढ । राजस्व विभागको गाडी आगजनीमा आफूहरुको कुनै संलग्नता नरहेको फुटपाथ व्यवसायीलगायतका विभिन्न संघसंगठनहरुले जनाएका छन् ।
ती संगठनहरुले ‘उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले फुटपाथमा काम गर्ने आक्रोशित व्यक्तिहरुले गाडी जलाएको’ भनी लगाएको आरोप झूटो बताएका छन् । भरतपुर स्वरोजगार फुटपाथ व्यवसायी संयुक्त संघर्ष समितिका अध्यक्ष टीकाबहादुर पौडेलले गलत आरोप फिर्ता लिन उवासंघलाई आग्रह गर्नुभयो ।
अखिल नेपाल स्वरोजगार श्रमिक व्यवसायी संघ नारायणगढ इकाइका अध्यक्ष रुपा धितालले फुटपाथ व्यवसायीलाई व्यापार गर्न पाउने अधिकारलाई बिस्थापित गर्न यस्तो आरोप लागेको बताउनुभयो ।
नेपाल फलफूल खुद्रा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुराम लामिछानेले संघले झूटो आरोप लगाउन नहुने धारणा राख्नुभएको छ । संयुक्त व्यापार संगठन चितवनका अध्यक्ष भरत मगर, नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष श्यामप्रसाद उप्रेतीले पनि संघलाई आरोप फिर्ता लिन माग गर्नुभयो ।
विनासूचना राजस्व अनुसन्धान विभागबाट आएको टोलीले छापा मारेको भन्दै आक्रोशित समूहले टोली आएको गाडी बुधबार दिउँसो नारायणगढमा जलाएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment