Wednesday, June 6, 2012

भक्तमान श्रेष्ठ अपहरणका आरोपी जेल चलान


भरतपुर । दुई बर्ष अघि चितवनको भरतपुर स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका निदेृशक तथा चिकित्सक भक्तमान श्रेष्ठको अपरणकर्ताहरुलाई जिल्ला अदालत चितवनले तेह्र बर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायधिश भोलानाथ चौलागाईको इजलासले अपहरणको योजना कर्ता भिमसेन पण्डित र रोहित पालिवाललाइृ जनहि १३ बर्ष कैद तोकेको हो । साथै उनिहरुले संगठित अपराध गरेकोमा थप दुईदुई बर्ष कैद पाएको अदालतका श्रेष्तेदार दिनबन्धु बरालले बताउनु भयो । अदालतले प्रतिबादि दामासाहि रुपमा १ करोड ८ लाख ५० हजार बिगो अशुल गर्न आदेश दिएको छ । बाकि अभियुक्त बद्रि ढुङ्गाना , नबिन क्षेत्री, सुनिल श्रेष्ठ र लुप्पा भनिने सुब्बा तामाङलाई जनहि ११ बर्ष र संगठित अपराध गरेको भन्दै २, २ बर्ष थप गरेको छ । अदालतले उनिहरुलाई जनहि १ लाख जरिबान तोकेको छ । फरार रहेका राजेन्द्र पण्डित र गौतम योञ्जनले सफाई पाएका छन् । उनिहरु मथि २०६७ साउन १७ गते बाट अपहरण तथा शरिर बन्धक मुद्धा चलाइएको थियो । श्रेष्ठलाई १९ दिन सम्म अपहरणमा राखीएकोले दैनिक १ हजारका दरले १९ हजार क्षतीपुर्ती दिनु पर्ने समेत अदालतको फैसला रहेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी