vie : redio taranga
कास्की
कास्की जिल्लाबाट यसवर्ष पनि नियमिततर्फ ७१ दशमलव १ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एसएलसी परिक्षामा उत्तिर्ण हुने जिल्लामध्ये क वर्गमा पर्ने कास्कीमा गतवर्ष पनि ७० दशमलव ९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार यसवर्ष जिल्लाबाट ६ हजार ९ सय २६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा आठ सय एकानब्बे जना उत्तिर्ण भएका छन् भने ३ हजार ५ सय ९२ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका परिक्षा शाखा ईन्चार्ज खेम पौडेलले जानकारी दिनुभयो । त्यस्तै द्धितिय श्रेणीमा २ हजार २ सय ८६ जना र १ सय ५७ जना तृतिय श्रेणीमा उत्तीर्ण भएका छन् ।
त्यस्तै कास्कीबाट एक्जाम्टेड तर्फका २५ दशमलव ३ प्रतिशत अर्थात् १ सय ९० जना उत्तीर्ण भएका छन् । २ जना प्रथम श्रेणीमा, १ सय ३६ जना द्धित्तिय श्रेणीमा र ५२ जना तृतिय श्रेणीमा उत्तीर्ण भएको परीक्षा शाखाका ईन्चार्ज खेम पौडेलले जानकारी दिनुभयो । यसवर्ष ७ सय ८३ जना एक्जामटेड तर्फ परीक्षामा सहभागि थिए ।
मनाङ्
हिमालपारीको जिल्ला मनाङबाट यस वर्ष नियमिततर्फ ९१ दशमलव २५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २७ जना प्रथम श्रेणीमा द्धितिय श्रेणीमा ४१ जना र ५ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
गोरखा
गोरखाबाट ६१ दशमलव ७८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । विशिष्ट श्रेणीमा ५३ जना उत्तिर्ण भएका छन् भने ७ सय ३४ जना प्रथम श्रेणी, २ हजार ५५ जना द्धित्तिय र १ सय ५१ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
तनहुँ
तनहुँमा ४७ दशमलव ८ प्रतिशत अर्थात ५४ जना विशिष्ट, ९ सय ९६ जना प्रथम, १ हजार ६ सय २ जना द्धित्तिय र १ सय २६ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
स्याङ्जा
स्याङजाबाट ५७ दशमलव २२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका परीक्षा शाखाका अधिकृत योगेन्द्र पराजुलीले जानकारी दिनुभयो । जसमा ५४ जना विशिष्ट, १ हजार २ सय ६९ जना प्रथम, २ हजार ३ सय २३ जना द्धित्तिय र १ सय ८३ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
मुस्ताङ्
मुस्ताङबाट ६ जना विशिष्ट, ६३ जना प्रथम, ४६ जना द्धित्तिय र १ जना तृतिय गरि ८७ दशमलव ८७ प्रतिशत उत्तिर्ण भएका छन् ।
म्याग्दी
म्याग्दिबाट भने ६३ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । जसमा ५१ जना विशिष्ट, ३ सय ८५ जना प्रथम, ७ सय ८४ जना द्धित्तिय र ४४ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
बाग्लुङ्
बाग्लुङबाट १ सय ४ जना विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् भने १ हजार ६१ जना प्रथम १ हजार ९ सय २१ जना द्धित्तिय र १ सय ७९ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका अधिकृत योगेन्द्र पराजुलीले बताउनुभयो ।
पर्वत
पर्वतमा ५३ दशमलव ८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । जसमा ७० जना विशिष्ट, ३ सय ७६ जना प्रथम, १ हजार १ सय ६६ जना द्धित्तिय र १ सय ४२ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
गुल्मी
गुल्मीबाट भने यस वर्ष ७० जना विशिष्ट, ६ सय ४१ जना प्रथम, १ हजार ८५ जना द्धित्तिय र २८ जना तृतिय श्रेणीमा गरि ३५ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
पाल्पा
पाल्पा जिल्लाबाट विशिष्ट श्रेणीमा ८२, प्रथम श्रेणीमा ६ सय ५३ जना उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै द्धित्तीय श्रेणीमा ९ सय ७ र तृतीय श्रेणीमा ५३ गरी कुल १ हजार ६ सय ९५ जना उत्तीर्ण भएका हुन् । कार्यालयका परीक्षाफाँट प्रमुख इन्द्र बहादुर थापाका अनुसार ३३ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक्जाम्टेडतर्फ भने जम्मा २० जना परीक्षार्थी उत्तिर्ण भएका छन् । पाल्पाबाट ०६७ सालको एसएलसीमा ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ०६६ मा भन्दा ०६७ मा १५ प्रतिशतले घटेको नतिजा यसवर्ष ६ प्रतिशतले घटेको छ । यसवर्ष नियमिततर्फ ५ हजार ६६ र एक्जाम्टेडतर्फ १ हजार ४ सय ७३ परीक्षार्थी सहभागी भएका थिए ।
अर्घाखाँची
अर्घाखाँचीबाट २७ जना विशिष्ट, ३ सय ३० प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् । ६ सय ३५ जना द्धित्तिय श्रेणीमा र ४३ जना तृतिय श्रेणीमा गरि २६ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
कपिलवस्तु
कपिलवस्तुबाट ५५ जना विशिष्ट, ७ सय ७१ जना प्रथम र १ हजार ५ सय ९६ जना द्धित्तिय श्रेणीमा उत्तिर्ण भएका छन् । तृतिय श्रेणीमा १ सय ७८ गरि कुल ४९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको क्षेत्रीय शिक्षा निर्देशनालयले जनाएको छ । रुपन्देही
रुपन्देही
रुपन्देहीबाट ९ सय ७२ जना विशिष्ट श्रेणी र ३ हजार ६ सय ५५ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् । २ हजार ९ सय २९ जना द्धित्तिय श्रेणी र २ सय ३७ जना तृतिय श्रेणी गरि ७८ दशमलव ४३ प्रतिशत विद्यार्थी पास भएका छन् । नवलपरासी
नवलपरासी
नवलपरासीबाट ४ सय ६० जना विशिष्ट श्रेणीमा उत्तिर्ण भएका छन् भने २ हजार १ सय ५५ जना द्धित्तिय श्रेणीमा उत्तिर्ण भएका छन् । त्यस्तै २ हजार ६ सय ७१ जना द्धित्तिय र २ सय ६१ जना तृतिय श्रेणी गरि ४७ दशमलव ८ प्रतिशत उत्तिर्ण भएका कार्यालयले जनाएको छ ।
लमजुङ्
लमजुङका ४४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । २७ जना विशिष्ट ४ सय ४३ जना प्रथम ८ सय ५४ जना द्धित्तिय र ४३ जना तृतिय श्रेणीमा उत्तिर्ण क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले जनाएको छ ।
No comments:
Post a Comment
Thanx for your comment