Sunday, June 10, 2012

मरभुमीमा पानी खोज्दै नेपाली जनाता


सदियौँ देखि नेपालीको प्रतिक्षा समुन्नत नेपल थियो । त्यसमा पनि नेपाली जनताहरु रैति हुँदा प्रजा हुने चाहाना राखे प्रजातन्त्रका लागि लडाइ गरे र प्रजातन्त्र पनि स्थापना गरे तर पनि नेपाली जनताले चाहेको समुन्नत नेपाल बन्न सकेन् । नेपाली जनताले आर्जेको प्रजातन्त्र समेत पटक पटक शासकहरुको हातमा सिमित हुन पुग्यो । यसरी त हुँदैन बाबै हामी चुप लागेर बस्ने हो भने प्रजा भनेको त रैति भन्दा पनि निकृष्ट पो हुने रहेछ भन्ने नेपाली जनताको सोचमा विकास भयो । त्यसैले नेपाली जनताले जन हुने चाहाना राखे जनयुद्धको सुरुवात गरेका हुन् २०५२ सालमा जसले नेतृत्व गरेपनि उत्पिडनमा परेका नेपाली जनताहरु त्यसमा सहभागि भएको कुरालाई नकार्न सकिँदैन् ।  चाहे त्यसले नेपाली जनतालाई जन बनाउन सक्यो सकेन् त्यो इतिहाँसले मुल्याङ्कन गर्ने छ । सँगै नेपाली जनताले आँफूलाई लोक भन्न थाले लोकतन्त्रका लागि भन्दै १९ दिनसम्म सडक तताए । स्वतन्त्र र निष्पक्ष भन्नेहरु पनि आन्दोलनका पक्षमा उभिएका थिए ।
मलाई याद छ । नेपाली जन जनलाई पनि याद होला ? तर त्यो सडक तताईको उपलब्धि के भनेर आज मेरो मनले आँफैलाई प्रश्न सोधिरहेको छ । म त्यतिवेला ९ कक्षा पढ्थे मैले ति गाँउ र सहरका गल्लीमा लगाएका लोकतन्त्रका हुँकारहरु कहाँ विलिन भए ? मनले मनलाई नै सोधिरहेको छ । नेपाली जनताको चाहना नयाँ संविधान नै थियो तर पनि त्यो आउन सकेन् । अव त्यसको विकल्प के भन्ने प्रश्नहरु सवत्र चर्चा हुन थालेका छन् । नेपाली जनताले सँधै आँफूलाई विकल्पमा चित्त बुझाउनु प¥यो । कहिलै पनि नेपाली जनताले उपलव्धिहरुलाई पूर्ण रुपले आत्मसाथ गर्न  पाएनन् ।
आज नेपाल अमा प्रश्व पिडाको वेहोसीमा छट्पटाइरहँदा आफ्नो कोखबाट सुन्दर शिसु जन्मने आशमा रहेकी नेपाल आमालाई के थाहा जन्मने शिशु नै गर्वमा नै तुहिने छ भनेर ? हो त्यस्तै भयो । नेपाल आमाले चार चार वर्ष सम्म  गर्भमा राखेर जन्मने शिसु त सकुसल र सून्दर जन्मने छ भन्ने आम नेपालीको सोच थियो तर पनि त्यो सब सोच सब बालुवामा हालिएको पानी बराबर भयो । नेपाल आमाको प्रश्व पिडा व्यर्थै  खेर गयो ।
सहिदको रगतले निमार्ण गरेको नयाँ नेपालको जग यतिवेला धमिराले धुजा धुजा पारेको अवस्था छ तर पनि नेपालका राज नेता भनाउँदाहरु भने नेपाल र नेपालीको अस्मिता माथि खुलेआम बलत्कार गर्दै संविधान निमार्ण गर्न नसकेकोमा आत्मग्लानी गर्नुको साटा एक अर्कामा आरोप प्रत्यारोपमा लागेका छन् । नेपाली जनतालाई थाह नै छ कसको कारणले संविधान बनेन् भनेर कुनै नेताले यसले ग¥यो भनेर भनिरहनु पर्दैन् । नेपाली जनतालाई यीनिहरुले भेडो बनाए र सोच्दै छन् फेरी पनि बनाउन सकिन्छ भनेर । नेपल आमाका सन्ततिहरु आज कुन स्तरमा उस्किएका छन् भन्ने कुराको हेक्का समेत गर्न सकेनन् यीनीहरुले । आज फेरी संविधानसभाको निर्वाचनको ढोल पिट्न थालेका छन् । नेपाली जनताको ९ अर्व रुपैयाँलाई पानीमा बगाएका यीनिहरुले फेरी पनि अर्काे ९ अर्व वगाउने दाउमा लागेका छन् ।
नेपाली युवाहरुले अव यो कदापी हुन दिने छैनन् । हिजो यीनीहरुका पछाडि हिड्नेहरु पनि त आज कहाँ उनीहरुका पछाडि लाग्लान र सडक तताउन थालिसकेका छन् । यो अनलाइनको जमना हो । प्रविधिको प्रयोग बाट कैयौँ तानाशाहहरु यूवाहरुले भत्काएको इतिहास पढ्न धेरै पर जानु पर्दैन हामीले करिव १५ लाख नेपालीको पहुँच फेसवुकमा भइसकेको छ त्यतिकै हाराहारीमा नै अन्य सामाजिक सञ्जालहरुमा पहुँच छ नेपाली युवाहरुको उनीहरुले चाहे भने पनि यहाँ कुनै पनि राजनीतिक दलहरुले गर्न नसकेको पर्दशन गर्न सक्छन र सक्ने छन् । जसको ज्वलन्त उदाहरण हो वालस्ट्रीट आन्दोलन् । चिनमा समेत यसको प्रभाव परिरहेकको वेला नेपालमा सजिलै यसले प्रभाव पार्न सक्दछ यस तर्फ सोच्ने जमर्काे कसैले गर्न चाहेको देखिँदैन ।
सहमतिमा नै सब थोक हुन्छ भन्नेहरु किन आज फेरी निर्वाचनको हवाला दिइरहेका छन् यो बुझ्न सकिरहेका छैनन् नेपालीहरुले । फेरी आँफूलाई प्रजातन्त्रको मसिहा ठान्नेहरु निर्वाचन देखि किन भाग्न खोजिरहेका छन् । आज फेरी संविधान सभाको पुनःस्थापनाको नारा घन्किन थालेको छ नेपाली राजनीतिक वृत्तमा । कुनै पनि देशमा संविधानसभाको निर्वाचन दूई पटक भएको इतिहास छैन् अहिले सम्म । नेपालले त्यो इतिहास कायम गर्न चाहेको छ यतिवेला । के या सम्भव होला ? सम्भव भए पनि यसले के नेपाली जनतालाई आँफूले चाहे अनुरुपको नयाँ संविधान दिन सक्ला ? यी र यीनै यक्ष प्रश्नहरु नेपली जनताको मानपटलमा नाचिरहेका छन् यतिवेला ।
दलहरु एकापसमा आरोप प्रत्यारोपमा नै दिनहरु विताएका छन् । के यो वेला आरोप प्रत्यारोप मा नै विताउने  वेला हो र ? यस तर्फ कसैको सोच्ने सम्म पनि फुर्सद छैन् की किन संविधन बन्न सकेन्? संविधान निमार्णको ९९ प्रतिसत काम सम्पन्न भयो भन्नेले किन १ प्रतिशत काम सम्पन्न गर्न सकेनन् ? संविधानसभामा समानुपातिक कोटाबाट सभासद् बनेकी एक जना महिला सभासद्लाई सोधेको थिए दिदी संविधान किन बन्न सकेन ? उनको जवाफ थियो थाहा भएन भाइ । पहिले देखि नै चिनेका आधारमा मैले सोँधे तपाइलाई माथि पु¥याउन मेरो एक भोटले पनि काम गरेको छ । तपाईले मलाइ जवाफ त दिनै पर्छ किन संविधान बन्न सकेन् ? हामीलाई केही पनि थाहा भएन भाई सबै ठूला नेताहरुलाई नै थाहा होला हामीले त संविधान निमार्णका विषयमा पनि छलफल गर्न नै पाएनौँ । हामीले बुझाएका प्रतिवेदनहरु पनि तिनै नेताहरुलाई चित्त बुझेन भनेर फालिए । नढाँटि भनाँै हामीले संविधान निमार्णको काम दूई वर्ष अगाडि नै सम्पन्न गरिसकेका हाँै तर पनि ठूला नेताहरुले यसलाई बाहिर ल्याउन चाहेनन् । उनी आफ्नै पार्टीको नेतृत्वलाई पनि कम दोषी देख्दिनन् तर पनि उनीहरुका अगाडि नतमस्तक हुन बाध्य छिन् ।
यो संवादले मलाई सोच्न बाध्य बनायो किन पनि भने हामीले छानेका सभासद्हरु त मात्र रवर स्ट्याम्प रहेछन् । उनीहरुको त कुनै पनि योगदान रहेनछ । तर मलाई चित्त नबुझेको कुरा के भने उनीहरु पहिले नै जनतामा गएर संविधान नबन्ने भो तपाईँहरुले खवरदारी गरिदिनुस भन्नुपर्ने हो त्यसो गरेनन् र सोचे हाम्रो तलव त पाकिरहेको छ नी । यही हो नेपाली जनताले चुनेका सभासद्को कमजोरी ।
फेरी पनि संविधान सभाको निर्वाचन गरेर संविधान बन्छ भन्ने के ग्यारेण्टी दिन सक्छन् राजनैतिक दलका नेतृत्वहरुले नेपाली जनतालाई ? आँफूलाई आँफैले राजनेता भन्नेहरुले आफ्नो पतनको बाटो आँफैले रोजेका यो बेलामा निर्वाचनमा गए पनि नेपाली जनताहरु कति त निर्वाचनमा सामेल नै नहोलान भएका हरुले पनि उनीहरुको पतनको निम्ति कोरेको गोरेटोलाई वाइपास सहितको मूलाबाटो बनाइदिने छन् नेपाली जनताले ।
संविधान बनाउनका निम्ति के जसले जति जिते पनि जो संविधानसभामा गए पनि नेपाली जनताका प्रतिनिधीले कहिल्यै पनि आफ्ना बलवुताले संविधान निमार्ण गर्न नसक्ने कुराको पुष्टी भइसकेको छ । नेपाली जनताले आँफैले आफ्नो संविधान निमार्णका लागि भनेर पठाएका सभासद्हरुले पनि चार चार वर्षसम्म रमिता हेरेर बसे । यो अवस्थामा फेरी पनि यहि नियति दोहोरिन्न भन्ने के ग्यारेन्टी । मुलत नेपाली जनतालाई शान्ति चाहिएको हो । सुरक्षा चाहिएको हो । अमन चैन चाहिएको हो । बेलायत जस्तो देशमा पनि संविधान नभए पनि चलिरहेको छ भने नेपाल त के हो र ? राज्य दरो हुनु प¥यो प्रशासन दरो हुनुप¥यो बल्ल नेपाली जनताको चाहना पुरा हुन्छ । मलाइ त यस्तो लाग्छ नेपाली जनताले यत्रो वर्ष सम्म जे का लाथि लड पनि त्यो संविधानसभाका लागि थिएन् । संविधानसभा चाहेको कसले हो त्यो त यसै नभानाँै तर पनि नेपाली जनताले चाहेको भनेको स्वतन्त्रता थियो । संविधानसभा त एक माध्यमका रुपमा प्रयोग गर्न चाहन्थे नेपाली जनताहरु । शान्ति र संविधानका निम्ति संविधान सभा नै चाहिन्छ भन्ने पनि त छैन राज्यले आम नागरिकको सुरक्षाको ग्यारेण्टी गरोस विश्वव्यापी मानवअधिकारका सवालहरुलाई रक्षा गरोस, अनि नेपाली जनताको चाहना पुरा हुन्छ । यद्यपी यहाँ वैमानहरुलाई विधीले छुँदैन । जहाँ नैतिकता छैन् त्यहा विधीको धज्जी उडाइन्छ । जस्तो सुकै संविधान बने पनि वेहीमानहरुको राजमा न्यायको खोजी मरभुमीमा पानी खोज्नुजस्तै हो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी