जेठ २८ । नारायणगढको लायन्सचोक स्थित के एल मलमा गएराती चोरी भएको छ । मलमा रहेका २ वटा पसलमा चोरी भएको हो । ए टु जेड मोबाइल पसल र फेसबुक कम्प्युटर सप्लायर्स पसलबाट करिब ५० लाख रुपैया भन्दा बढीको समान चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । ए टु जेडबाट पसलमा रहेका सम्पुर्ण मोबाइल सेट चोरी भएको छ फेसबुकबाट १३ वटा ल्यापटप , १० वटा कम्प्युटरको हार्ड डिक्स र ४० हजार रुपैया नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राती करिब १० बजे मल बन्द गरी मलका सुरक्षाकर्मी घर गएको र बिहान आउदा ताला फोडेर चोरी भएको त्यहा कार्यरत सुरक्षाकर्मीले जानकारी दिएका छन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
No comments:
Post a Comment
Thanx for your comment