किभ, जेठ २७ (एजेन्सी)- युक्रेनी कल गर्ल २० वर्षे युलिया अहिले निकै व्यग्रताका साथ थोरै उत्साहित र थोरै भयभित भएर युरो २०१२ को प्रतिक्षामा छिन्। आगामी वर्ष कलेज भर्ना हुने तयारीमा रहेकी उनले अहिले युरोका दौरान धेरै पैसा कमाउने आशामा आफ्नो मुल्य बढाएकी छिन्।
'हरेक केटीहरु डराएका छन्। किनकी जे पनि हुनसक्छ भन्ने भय छ,' उनले भनिन, 'तर अहिले १६ देशका शौखिन पाहुना आउदा उनिहरुको यौन प्यास मेटाएर केही बढि कमाउने इच्छा राख्नु स्वभाविक हो।' लाखौ समर्थकहरु आउने पक्का भइसकेको अवस्थामा अहिले युक्रेनका चार युरो आयोजक शहरमा वेश्यावृत्ती निकै बढेको छ। युरोपमै वेस्यावृत्तीका लागि कहलिएको युक्रेनका चारै आयोजक सहरका सडक, बार र होटलहरुमा वेश्याको चहलपहल अपेक्षित रुपमा निकै बढेको छ।
विज्ञहरुले युक्रेनमा युरोपियन च्याम्पियनसिप हुँदा असावधानीपुर्ण यौन सम्बन्धले धेरैलाई यौन रोग लाग्न सक्नेमा सचेत गराएका छन्। युक्रेनमा रहेका वेश्यामध्ये १० प्रतिशत एचआईभी संक्रमित भएको तथ्यांक भर्खरै गरिएको अध्ययनले देखाएको थियो। 'युक्रेनी सरकारले निकालेको कोरा तथ्यांकअनुसार वेश्यावृत्तीमा संलग्नमध्ये १० प्रतिसत एचआईभी संक्रमित छन्,' युक्रेनस्थित अन्तर्राष्ट्रिय एचआईभी/एडस अलायन्सका प्रवक्ता कोस्टियान्टिन पेर्टसोभस्कीले भने, 'युरोका लागि युक्रेन आउने कोही पाहुनाले यहाँ विना कण्डम यौन सम्पर्क राखेमा उसमा पनि एचआईभीका जिवाणु संक्रमण हुने सम्भावना निकै बढि छ।'
युक्रेनस्थित महिला अधिकारकर्मीहरुको संगठन ला स्ट्राडाले भने युरो दौरान उमेर नपुगेका, विधवा वा टुहुरालाई जबरजस्ती यौन व्यावसायमा लगाइने खतरा रहेको बताउदै सरकारलाई त्यसतर्फ सचेत बनाएको छ।
आफ्नो थर बताउन अस्विकार गर्ने युलियाले एसोसिएटेड प्रेससंगको कुराकानीमा आफु सम्भावित ग्राहकसंग कुराकानी गर्नका लागि अंग्रेजीका आवस्यक सव्दहरु सिकिरहेको बताएकी छिन्। युरोपेली संस्कार पनि सिकिरहेको बताउने उनले अहिले आफूलगायत साथीहरु लगाउने कपडा तथा जुत्तामा पनि सचेत हुन थालेको बताईन।
युरोपियन च्याम्पियनसिप चलुन्जेलसम्मका लागि युलियाले आफ्नो मुल्य प्रतिघण्टा ६० देखि ९० युरो तोकेकी छिन्। गायिका बन्ने लक्ष्य लिएकी उनले अर्को वर्ष कलेज भर्ना भएर संगित पढन पर्याप्त हुने रकम जम्मा पार्ने योजना बुनेकी छिन्। दक्षिणी युक्रेनमा माता पिता दुवै वेरोजगार भएकाले चरम आर्थिक अभावका कारण कामको खोजीमा किभ आएकी युलियाले पैसा कमाउन सवभन्दा सहज पेशाका रुपमा वेश्यावृत्ती पाएको बताईन। काम नपाउदा परिवारलाई आर्थिक सहयोग गर्न नसकेका कारण १८ वर्षको उमेरमा वेश्यावृत्तीमा लागेकी उनले प्रतिमहिना २ सय ५० युरो बचाउने गरेकी थिइन। विभिन्न होटलमा दैनिक दुई देखि तीन ग्राहकसंग सुत्दा उनले उक्त रकम कमाउने गरेकी हुन। युक्रेनको प्रतिव्यक्ती आय औसत महिनाको ३ सय ७५ युरो छ।
'शारिरिक र मानसिक दुवै हिसावले यो निकै कठिन पेशा हो। हरेक फरक ग्राहकले फरक शैली चाहन्छ र हामीले सवैलाई खुसी पार्न सक्नुपर्छ,' युलियाले भनिन, 'त्यसैले हामीलाई हरेक समय निकै भय हुन्छ। हरेक केटीलाई आफुले के गर्नुपर्ने हो भन्ने ग्राहकले सुरु नगरेसम्म थाहा हुदैन। ग्राहकले जे पनि चाहन सक्छ। जे पनि हुन सक्छ। किनकी मलाई नै कुनै ग्राहकले मैले नचाहेको शैली चाहेमा म फ्ल्याट छोडेर बाहिर निस्कन सक्दिन, ढोका बन्द गरेर चुपचाप उसले चाहेजसरी उसलाई सन्तुष्ट पार्नुपर्छ। त्यो मेरा लागि जती कठिन नै किन नहोस। ग्राहकले जहिले पनि पैसा तिरेको भनेर महिलाको शरिरलाई भरपुर उपयोग गर्न चाहन्छ।'
पैसा लिएपनि चाहनाविपरित ग्राहकले यौनजन्य व्यवहार गर्नुलाई वलात्कारको संज्ञा दिने उनी भन्छिन, 'म पनि बाध्यतावस धेरै पटक बलात्कृत भएकी छु। तथापि मैले हासेको नाटक गर्नुपरेको छ।'
vie:nagriknews

No comments:
Post a Comment
Thanx for your comment