Saturday, June 9, 2012

डेनमार्कद्वारा नेदरल्यान्डस पराजित

nagriknews
खार्किभ, जेठ २७ (एएफपी)- डेनमार्कले युरो २०१२ मा पहिलो अप्रत्यासित नतिजा निकालेको छ। टोलीले शनिबार गोल गर्न बिर्सिएको नेदरल्यान्ड्सलाई समूह 'बी' को खेलमा १-० ले पराजित गर्‍यो। पहिलो हाफको आधा घन्टा बित्दा ब्रोन्डीका स्ट्राइकर माइकल क्रोहन देल्हीले गरेको गोल डेनिस टोलीलाई विजय दिलाउन पर्याप्त भयो। 
 २०१० को विश्वकपको आफ्नो पहिलो खेलमा पराजयको बदला लिदै डेनमार्कले १९६७ पछि नेदरल्यान्डमाथी पहिलो विजय हात पार्‍यो।

पराजले नेदरल्यान्डको समूह चरणमा प्रवेश पाउने सम्भावनालाई कठिन बनाएको छ। टोलीले समूहमा जर्मनी र पोर्चुगल जस्ता टोलीको सामना गर्न अझै बाँकी छ। २०१० को विश्वकप उपविजेता नेदरल्यान्ड्ले छनोट चरणमा अन्यले भन्दा बढी गोल गरेको थियो, जसको कारण टोलीलाई दाबेदारको सुचिमा राखिएको थियो।
१९९२ मा अप्रत्यासित नतिजा निकालेको डेनमार्कले बाँकी दुई खेलमा अर्को अप्रत्यासित नतिजा निकालेमा नकआउट चरणमा प्रवेश पाउने सम्भावना बलियो हुनेछ। १८ वर्ष ७१ दिनको उमेरमा उत्रिएर जेट्रो विलेम्स युरोपियन च्याम्पियनसिपमा उत्रिने सवैभन्दा कान्छा खेलाडी बने। डच टोलीका लेफ्ट ब्याक परिपक्व खेल देखाए पनि देल्हीले गरेको गोलमा नेदरल्यान्ड्का अन्य रक्षक उनी जस्तै मुकदर्शक बने।
गोलको खडेरीलाई चिर्नेक्रममा देल्हीले डच टोलीका रक्षक जोहन हेइटिङ्गालाई छक्याई गोलरक्षक मार्टेन स्टेकेलेनबर्गको दुई खुट्टाको बीचबाट गोल छिराए। इब्राहिम अफेली, रोबिन भान पर्सी र आर्यन रोबेनले डेनर्माकले चुनौती दिए पनि नेदरल्यान्डले गरेको २० मध्येको १२ प्रहार पोष्टमा लक्षित थियो र त्यसमा एउटैले पनि दिशा लिन सकेन्। डेनमार्कको ४ का तुलनामा नेदरल्यान्डले ११ कर्नर पाएको थियो।गत इङलिस सिजनमा ३० भन्दा बढी गोल गरेका भान पर्सीले केही राम्रो मौका गुमाए। जर्मन लिगमा २९ गोल गरेका क्लाज यान हुन्टेलार तथा राफेल भान डेर भार्ट दोस्रो हाफमा मैदानमा छिरेपनि लिभरपुलका रक्षक डानियल एगरको कप्तानीमा रहेको डेनमार्कले सुरक्षित खेल्दै स्मरणीय विजय हात पार्‍यो।

पराजित भएपछि निराश आर्जेन रोब्बेन। तस्बिरः एपी


पराजयको पीडाः रोब्बेन। तस्बिरः एपी


निराश नेदरल्यान्डसका कोच। तस्बिरः एपी


यसरी भएको थियो डेनमार्कको गोल। तस्बिरः एपी

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी