साउदीमा छँदा हेभी ड्राइभिङ गर्ने काशीले फुर्सदको समय सदुपयोग गर्ने उद्देश्यले एक भारतीयसँग चार महिने सैलुन तालिम लिए । गाउँघरमा छँदा केटाकेटीको कपाल काट्ने शौख भएका उनलाई त्यो तालिमले पारंगत बनायो । त्यसपछि उनले अल्जोबमै रहेको सैलुनमा काम थाले । आठ घन्टे ड्राइभिङबाट बचेको अतिरीक्त समयमा गर्ने हजाम पेशाबाट उनले त्यहाँ मासिक १० हजारसम्म बचाउँथे । कपाल काटेको १० रियल र दाह्री काटेको तीन रियल रेट भए पनि साहुलाई आधा बुझाएर आधा उनको हातमा पथ्र्यो ।
साउदीमा
सुरुसुरुमा पाएको दुःखकै कारण हजाम पेशा सिक्ने प्रेरणा मिलेको बताउने
उनले अहिले घरभाडा कटाएर मासिक २२-२५ हजार कमाइरहेका छन् । उनको सैलुनमा
दिक्तेलमा बस्ने मधेसी मूलका सर्वसाधारणदेखि हाकिम, प्रहरीहरु समेत आउने
गरेका छन् । ‘मिहेनत गर्ने हो भने मासिक २०-२५ हजार कमाउन विदेश जानु
नपर्ने रहेछ भन्ने शिक्षा पाएको छु ।’ बजिमयले भने, ‘तर मलाई पनि
सिकाइदिनोस् न भन्न अहिलेसम्म एकजनाबाहेक दोस्रो युवा आएका छैनन् ।’
अरुलाई सिकाउने चाहना तीव्र भएको उनले बताए ।विदेशकै कमाइबाट किनेको दिक्तेलस्थित आफ्नो घरमा साइनबोर्ड राखेर विगत १४ महिनादेखि सैलुन चलाइरहेका उनले सुरुसुरुमा आफन्तहरुबाट आलोचना पनि खप्नु पर्यो । ‘नगर्नू, हाम्रो जातले गर्ने काम होइन भन्नेहरु थुपै्र थिए ।’ बजिमयले सुनाए, ‘कामले कोही सानो हुँदैन भन्ने कुरा आफैँले देखेर, भोगेर र जानेर आएकोले तिनका कुरा वास्तै गरिएन ।’
उनी विदेशमा बस्ने साथीहरुलाई फुर्सदको समय सदुपयोग गरेर शिप सिक्न सुझाव दिन्छन् । त्यसो गरे फर्केपछि के गर्ने भन्ने चिन्ता नहुने उनको अनुभव छ । आफूसँगै फर्केका कतिपय साथीले बेलैमा शिप नसिकेकोमा पछुतो मान्ने गरेको खबर पनि सुनाए । ‘फोनमा कुरा हुँदा मैले सैलुन खोलेको सुनेपछि साथीहरु पछुतो मान्छन् ।’ विदेशको चक्करमा लागेकाहरुलाई त्यो चक्कर छोडेर यस्तै शिप सिक्न सुझाव दिने उनले भने, ‘अर्काको नोकर पनि हुनु नपर्ने, होमसिक र ज्यान जोखिम पनि नहुने । कम लगानीमा यति राम्रो कमाइ हुने काम छाडेर विदेश जान किन मरिहत्ते गर्नु ?’
No comments:
Post a Comment
Thanx for your comment