भरतपुर । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. गणेशमान गुरुङले त्रिभुवन विश्वविद्यालयको स्वामित्व कृषि तथा वन विश्वविद्यालयलाई हस्तान्तरण गराउन सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले समन्वय गरे तत्काल स्वामित्व हस्तान्तरण हुने उहाँको भनाइ छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयको आइतबार भरतपुरमा उद्घाटन गर्दै अध्यक्ष गुरुङले राजनैतिक अस्थिरताले पनि प्रक्रियागत समस्या परेको बताउनुभयो । उहाँअघि बोल्ने वक्ताहरुले त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरेको आरोप लगाए पनि प्रा. डा. गुरुङले यस्तो धारणा राख्नुभएको हो ।
‘प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनुहुन्छ, उहाँले समन्वय गरे यो समस्या समाधान हुन सक्छ तर प्रधानमन्त्रीबाट हक हस्तान्तरणमा खासै चासो देखिएन’, उहाँको आरोप थियो ।
कृषि क्याम्पस रामपुर, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर र हेटौँडा वन विज्ञान क्याम्पसलाई त्रिविले हक हस्तान्तरण गरेर कृषि तथा वन विश्वविद्यालयलाई दिनुपर्ने ऐनमा व्यवस्था छ । कृषि तथा वन विश्वविद्यालयका रजिष्टार डा. सूर्यकान्त घिमिरेले त्रिविले ठूल्दाइको पारा देखाउँदा समस्या भएको बताउनुभयो । हक हस्तान्तरण नहँुदा नयाँ विश्वविद्यालय सञ्चालनमा समस्या भएको पनि उहाँले बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कैलाशमान प्याकुरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एकीकृत नेकपा माओवादीका सहइन्चार्ज घनश्याम दाहाल, काँग्रेसका पूर्वसभापति रामकृष्ण घिमिरे, एमालेका अध्यक्ष कृष्णप्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, निमित्त डिन प्रा. डा. दैनिकबहादुर नेपाली, विश्वविद्यालय आयोगका अध्यक्ष प्रा. डा. दुर्गामणि गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment