१ असार, काठमाडौ । एकिकृत नेकपा
माओवादीले आज खुलामञ्चमा आमसभा गरेको छ । कांग्रेस-एमालेले लगायतका अन्य
दलले सरकारलाई असंवैधानिक र माओवादीका कारण संविधानसभा विघटन भएको बताउँदै
आएको अवस्थामा त्यसको जवाफ दिनका लागी उक्त भेलाको आयोजना गरिएको हो ।
उक्त आमसभामा बोल्ने अधिकांश वक्ताले
संविधानसभा विघटन हुनुमा कांग्रेस-एमाले दोषी रहेको बताए भने पार्टी
उपाध्क्षय तथा प्रधानमन्त्री बाबुराम भट्टराईले जनताका सामू संविधान
निर्मान गर्न नसकेकोमा क्षमा मागेका छन् । माओवादिको उक्त सभामा करिब १ लाख
मानिस उतार्ने घोषणा माओवादीले गरेको थियो । उक्त घोषणा त पूरा गर्न सके
या सकेनन् तर २६ र २७ गते गरिएको आमसभामा भन्दा धेरै मानिसको उपस्थिति भएको
बताइएको छ ।
No comments:
Post a Comment
Thanx for your comment