भरतपुर । चितवनमा पहिलो पटक फूलबारी गाविसलाई पूर्ण
साक्षर गाविस घोषणा गरिने भएको छ । फूलबारी गाविसको कार्यालय, सामुदायिक
अध्ययन केन्द्र र स्थानीय राजनीतिक दलको सक्रियतामा फूलबारीलाई पूर्ण
साक्षर गाविस घोषणा गर्न लागिएको हो ।
साक्षरतापछि निरन्तर शिक्षाको लागि र महिला र पिछडिएका
समुदायको सशक्तीकरणका लागि अभियान राखिएकोप्रति जिल्ला शिक्षा अधिकारी
रमाकान्त शर्माले स्वागत गर्नुभयो । कार्यक्रमले शिक्षा र साक्षरता
कार्यक्रमको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।
No comments:
Post a Comment
Thanx for your comment