बस त्रिशूलीमा खस्दा १७ को ज्यान गयो
धादिङ । उदयपुरको कटारीबाट काठमाडांैका लागि छुटेको रात्रिबस धादिङ जिल्लाको धुषा गाविस–१ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा १७ जनाको ज्यान गएको छ । एक बालकसहित छ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा ज्यान गएको हो भने सात जनाको शव प्रहरीले नदीमा डुबिरहेको बसबाट बाहिर निकालेको छ ।उदयपुरबाट काठमाडौं आउँदै गरेको ना २ ख ४९५१ नम्बरको बस सोमबार बिहान ४ बजेतिर धादिङको धुषा गाविस वडा नम्बर १ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभीरबाट दुई सय मिटर तल त्रिशुली नदीमा खस्दा सो दुर्घटना भएको हो । यसअघि आइतबार नवलपरासीको त्रिवेणिस्थित गण्डक नहरमा तीर्थयात्री बोकेको बस दुर्घटना हँुदा ४२ जनाले ज्यान गुमाएका थिए ।
प्रहरीका अनुसार कृष्णभीरको दुर्घटनामा ज्यान गुमाउनेहरुमा नुवाकोटका दीपकप्रसाद खनाल, उदयपुरका खोगबहादुर धमला र आर्टीलरी तालिम केन्द्र काठमाडांैका अमलदार सुकबहादुर कार्की, सिन्धुलीका २७ वर्षीय कोशिस घिमिरे, उदयपुरकी २१ वर्षीया रुकु मगर, अन्दाजी तीन वर्षीया एक बालिका रहेका छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको थियो ।
उदयपुरका २२ वर्षीय छिपनारायण श्रेष्ठ, सिराहाका २८ वर्षीय मोहम्मद कलामुद्दिन शेष, नुवाकोटका नारायण अधिकारी, उदयपुरकै २२ वर्षीय सुरेन्द्र साह र धनुषाका २२ वर्षीय विनोद महरा रहेका छन् । उनीहरुको शव नदीबाट निकालिएको प्रहरीले जनाएको छ ।
त्रिशुली नदीमा हराइरहेका मध्ये सात जनाको शव प्रहरीले प्राविधिकहरुको सहयोगमा बसलाई हल्लाएर नदीबाट बाहिर निकालेको थियो । नदीबाट निकालिएका सात जनामध्ये ३० वर्ष जतिकी एक महिला र एक पुरूषको अझै सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी सिन्धुली निवासी एमाओवादीका राज्य समिति सदस्य दीपक चौधरी बेपत्ता छन् । एमाओवादीका कार्यकर्ताहरु दोस्रो डिभिजनका पूर्वकम्पनी कमाण्डर विनु वान्तवा राई, राजन बराइली, जमुसेका पूर्वकम्पनी कमाण्डर मिरा कार्की दुर्घटनामा घाइते भएका छन् । उनीहरुले एमाओवादीको विस्तारित बैठकका लागि राजधानी जाँदै थिए ।
दुर्घटनामा घाइते भएकामध्ये १८ जनाको स्टार हस्पिटल काठमाडांैमा र अन्यको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट ३० जनालाई जीवितै उद्धार गरी उपचारका लागि काठमाडांैतर्फ पठाएको जनाएको छ ।
घाइते भएका अन्य सर्वसाधरणमा भेषराज धमला, नर्बु तामाङ, सन्तु तामाङ, मिनुकुमारी बराईली, सतमा मगर, निराशा यादव (नाबालक), इन्द्रजित महरा, बुम्भलाल अधिकारी र सुवास रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा राजमार्ग उद्धार स्वयम्सेवकको टोली, नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका थिए । लगातारको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेका कारण उद्धार कार्यमा कठिनाइ भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेले बताउनुभयो ।
बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ । कटारीबाट ५२ जना यात्रुको चलानी लिएर हिँडेको बसले बीच बाटोमा समेत यात्रु चढाएकोले ६० जनाभन्दा बढी यात्रु बसमा सवार रहेको हुन सक्ने घाइतेहरुले बताएका छन् । बस दुर्घटनाको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
यसअघि नयाँ वर्षको दिन पनि सोही स्थानमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको थियो ।
ट्रिपर र बस जुध्दा तीनको मृत्यु
दैलेखबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ५०९० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ११४१ नम्बरको ट्रिपरसँग एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । मृत्यु हुनेमा ट्रिपर चालक धादिङ नौबीसे–३ बस्ने ४० वर्षीय पुरनप्रसाद पाठक, बसमा सवार कालीकोट पासाङ–६ का ३० वर्षीय अनन्त अधिकारी र अन्य एकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते भएका ४५ जनाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइहरेको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको नवलपरासी प्रहरीले जनाएको छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDeleteम एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण