Monday, July 16, 2012

धादिङको कृष्णभीरमा अर्काे यात्रुबस दुर्घटना

बस त्रिशूलीमा खस्दा १७ को ज्यान गयो    

धादिङ । उदयपुरको कटारीबाट काठमाडांैका लागि छुटेको रात्रिबस धादिङ जिल्लाको धुषा गाविस–१ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा १७ जनाको ज्यान गएको छ । एक बालकसहित छ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा ज्यान गएको हो भने सात जनाको शव प्रहरीले नदीमा डुबिरहेको बसबाट बाहिर निकालेको छ ।
उदयपुरबाट काठमाडौं आउँदै गरेको ना २ ख ४९५१ नम्बरको बस सोमबार बिहान ४ बजेतिर धादिङको धुषा गाविस वडा नम्बर १ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभीरबाट दुई सय मिटर तल त्रिशुली नदीमा खस्दा सो दुर्घटना भएको हो । यसअघि आइतबार नवलपरासीको त्रिवेणिस्थित गण्डक नहरमा तीर्थयात्री बोकेको बस दुर्घटना हँुदा ४२ जनाले ज्यान गुमाएका थिए ।
प्रहरीका अनुसार कृष्णभीरको दुर्घटनामा ज्यान गुमाउनेहरुमा नुवाकोटका दीपकप्रसाद खनाल, उदयपुरका खोगबहादुर धमला र आर्टीलरी तालिम केन्द्र काठमाडांैका अमलदार सुकबहादुर कार्की, सिन्धुलीका २७ वर्षीय कोशिस घिमिरे, उदयपुरकी २१ वर्षीया रुकु मगर, अन्दाजी तीन वर्षीया एक बालिका रहेका छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको थियो ।
उदयपुरका २२ वर्षीय छिपनारायण श्रेष्ठ, सिराहाका २८ वर्षीय मोहम्मद कलामुद्दिन शेष, नुवाकोटका नारायण अधिकारी, उदयपुरकै २२ वर्षीय सुरेन्द्र साह र धनुषाका २२ वर्षीय विनोद महरा रहेका छन् । उनीहरुको शव नदीबाट निकालिएको प्रहरीले जनाएको छ ।
त्रिशुली नदीमा हराइरहेका मध्ये सात जनाको शव प्रहरीले प्राविधिकहरुको सहयोगमा बसलाई हल्लाएर नदीबाट बाहिर निकालेको थियो । नदीबाट निकालिएका सात जनामध्ये ३० वर्ष जतिकी एक महिला र एक पुरूषको अझै सनाखत हुन सकेको छैन । 
दुर्घटनामा परी सिन्धुली निवासी एमाओवादीका राज्य समिति सदस्य दीपक चौधरी बेपत्ता छन् । एमाओवादीका कार्यकर्ताहरु दोस्रो डिभिजनका पूर्वकम्पनी कमाण्डर विनु वान्तवा राई, राजन बराइली,  जमुसेका पूर्वकम्पनी कमाण्डर मिरा कार्की दुर्घटनामा घाइते भएका छन् । उनीहरुले एमाओवादीको विस्तारित बैठकका लागि राजधानी जाँदै थिए ।
दुर्घटनामा घाइते भएकामध्ये १८ जनाको स्टार हस्पिटल काठमाडांैमा र अन्यको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट ३० जनालाई जीवितै उद्धार गरी उपचारका लागि काठमाडांैतर्फ पठाएको जनाएको छ । 
घाइते भएका अन्य सर्वसाधरणमा भेषराज धमला, नर्बु तामाङ, सन्तु तामाङ, मिनुकुमारी बराईली, सतमा मगर, निराशा यादव (नाबालक), इन्द्रजित महरा, बुम्भलाल अधिकारी र सुवास रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा राजमार्ग उद्धार स्वयम्सेवकको टोली, नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका थिए । लगातारको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेका कारण उद्धार कार्यमा कठिनाइ भएको  इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेले बताउनुभयो । 
बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ । कटारीबाट ५२ जना यात्रुको चलानी लिएर हिँडेको बसले बीच बाटोमा समेत यात्रु चढाएकोले ६० जनाभन्दा बढी यात्रु बसमा सवार रहेको हुन सक्ने घाइतेहरुले बताएका छन् । बस दुर्घटनाको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
यसअघि नयाँ वर्षको दिन पनि सोही स्थानमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको थियो ।


ट्रिपर र बस जुध्दा तीनको मृत्यु

 कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवलमा सोमबार बिहान  बस र ट्रिपर एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । ४५ जना घाइते भएका छन् । ट्रिपर चालकको घटनास्थलमै र बसमा सवार दुईको उपचारका क्रममा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
दैलेखबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ५०९० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ११४१ नम्बरको ट्रिपरसँग एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । मृत्यु हुनेमा ट्रिपर चालक धादिङ नौबीसे–३ बस्ने ४० वर्षीय पुरनप्रसाद पाठक, बसमा सवार कालीकोट पासाङ–६ का ३० वर्षीय अनन्त अधिकारी र अन्य एकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते भएका ४५ जनाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा    उपचार भइहरेको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको नवलपरासी प्रहरीले जनाएको छ  ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी