unn.com.np
पोखरा,
असार २८– बुधवारराती पोखरा आसपासमा भिषण वर्षापछि सेती नदीमा बाढी आएको छ ।
नदीमा मध्यराती एक्कासी पानीको वहाव बढ्दा रामघाटको बगर क्षेत्र वरपरका २०
भन्दा धेरै घरहरु डुवानमा परेका छन् । बाढीले बस्ती डुबाएपछि, त्यहाँका
वासिन्दाले घरका छतहरुमा बसेर ज्यान जोगाएका छन् ।
रामघाट
क्षेत्रमा राती ठूलो ताल बनेको र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी
टोली र सशस्त्र प्रहरी बल कालिका गणका जवानहरुले लेकसाईडबाट डुंगा मगाई
घरका छतमा बसेकाहरुलाई उद्दार गरेका हुन् ।
बाढीका कारण केही
घरपालुवा पशुपंक्षी मरेको भएपनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी
कार्यालय कास्कीले जानकारी दिएको छ । अहिले सेतीमा पानीको बहाब घट्दै गएको छ
। पोखरामा बुधवार साँझ ७ बजे पछिको १२ घण्टाको अवधिमा मात्रै ९१.८०
मिलिमिटर पानी परेको छ ।
unn.com.np
पोखरा,
असार २८– बुधवारराती पोखरा आसपासमा भिषण वर्षापछि सेती नदीमा बाढी आएको छ ।
नदीमा मध्यराती एक्कासी पानीको वहाव बढ्दा रामघाटको बगर क्षेत्र वरपरका २०
भन्दा धेरै घरहरु डुवानमा परेका छन् । बाढीले बस्ती डुबाएपछि, त्यहाँका
वासिन्दाले घरका छतहरुमा बसेर ज्यान जोगाएका छन् ।रामघाट क्षेत्रमा राती ठूलो ताल बनेको र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र सशस्त्र प्रहरी बल कालिका गणका जवानहरुले लेकसाईडबाट डुंगा मगाई घरका छतमा बसेकाहरुलाई उद्दार गरेका हुन् ।
बाढीका कारण केही घरपालुवा पशुपंक्षी मरेको भएपनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अहिले सेतीमा पानीको बहाब घट्दै गएको छ । पोखरामा बुधवार साँझ ७ बजे पछिको १२ घण्टाको अवधिमा मात्रै ९१.८० मिलिमिटर पानी परेको छ ।
No comments:
Post a Comment
Thanx for your comment