युएईको क्लब अल वासलले अर्जेन्टिनी प्रशिक्षक डिएगो म्याराडोनालाई बर्खास्त गरेको छ ।
खराव प्रदर्शन गरेको भन्दै अल वासलले
म्याराडोनासँगै उनका टेक्निकल स्टाफलाई बर्खास्त गरेको बीबीसीले जनाएको छ ।
१४ महिने कार्यकालमा म्याराडोनाले अल वासललाई कुनै पनि प्रतियोगिताको
उपाधि दिलाउन सकेनन् भने राष्ट्रिय लिगमा क्लब आठौं स्थानमा चित्त बुझाउन
बाध्य भयो ।
खेलाडीका रुपमा सन् १९८६ मा
अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोना प्रशिक्षकको भूमिकामा
भने त्यति सफल हुन सकेका छैनन् । उनको प्रशिक्षणमा २०१० को विश्वकप खेलेको
अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
No comments:
Post a Comment
Thanx for your comment