Wednesday, July 11, 2012

बृद्ध भत्ता खोज्दै ‘बुई’ चढेर जिविसमा

काठमाण्डौं । एक बृद्ध अर्काको बुई चढेर बुधबार दिउँसो जिल्ला विकास समितिको कार्यालय सिन्धुली पुगे । ‘ए बा अस्पताल यता हैन्, यो त जिविस हो,’ ती बृद्धलाई विरामी ठानेर जिविसका एक कर्मचारीले परैबाट कराए ।
भुवनेश्वरी गाविस सिन्धुलीमाढीका ७९ बर्षीय डम्बरबहादुर सार्कीलाई ती कर्मचारीले सोचे जस्तो बाटो विराएर जिविस पुगेका थिएनन् । न त उनी विरामी भएर उपचार गराउन सदरमुकाम गएका थिए ।
सरकारले जेष्ठ नागरिकहरुलाई दिँदै आएको बृद्ध भत्ता गाविस सचिवले नदिएपछि डम्बरबहादुर भत्ता माग्दै जिविस पुगेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । आफुले विगत चार महिनादेखि भत्ता नपाएको भन्दै उनले स्थानिय विकास अधिकारीलाई गुनासो गरेका थिए । तत्काल भत्ता उपलब्ध गराईदिन पनि उनले माग गरेका छन् ।
उनको गुनासो सुनेपछि स्थानिय विकास अधिकारी धु्रबहादुर खड्काले जिविसका पञ्जिकाधिकारीलाई बोलाएर गाविस सचिव रुपलाल देवकोटा कता छन पत्ता लगाई तत्काल भत्ताको व्यवस्था गर्न निर्देशन दिएका थिए ।
डम्बरबहादुरको भत्ता भने सचिव देवकोटाले पहिलेनै झिकेको पाईएकाले उनलाई कारबाही हुने जिविसले जनाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी